आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

एआईका कारण जागिर गुमाएपछि....

शुक्रबार, ०२ जेठ २०८२, ११ : ३९
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • एआईले सफ्टवेयर इन्जिनियर शन केलेको जागिर खोसेको घटना, जसले वार्षिक १५०,००० डलर कमाउँथे।
  • एआईका कारण ८०० ठाउँमा आवेदन दिए पनि अन्तर्वार्ता समेत पाएनन्, र घरको सामान बेच्न बाध्य भए।
  • एआईको बढ्दो प्रभावले भविष्यमा थुप्रै सफ्टवेयर जागिरहरू गुम्ने सम्भावना, विज्ञहरूको चेतावनी।

काठमाडौँ । एआईले जागिर खोस्छ भन्ने अब भविष्यवाणीमा सीमित छैन । बिस्तारै बिस्तारै यसले कयौँ क्षेत्रमा मानव कर्मचारीलाई विस्थापित गरिरहेको छ । गएको वर्षको अप्रिलमा सफ्टवेयर इन्जिनियर शन केले जागिर गुमाए । 

वार्षिक डेढ लाख डलर कमाइरहेका उनको आय ठप्पै भयो । एउटा दुइटा होइन, झन्डै ८०० ठाउँमा जागिर माग्दै आवेदन दिए । तर कसैले उनलाई जागिर दिएनन् । आरभी टेलरमा बस्नु पर्‍यो । मान्छेको घर घरमा सामान डेलिभरी गरेर जीविका चलाउन बाध्य भए । 

केही सिप नलागेपछि हात मुख जोर्न इबेमा आफ्नो घरका सामान बेच्नु  पर्ने स्थितिमा पुगेका हुन् । शनले २००८ को विश्वव्यापी वित्तीय संकट र महामारीको समयमा पनि जागिर गुमाइसकेका थिए । त्यतिबेला केही समयपछि उनले जागिर पाए । तर यस पटक उनले जागिर गुमाउनुका कारण फरक थियो । प्रविधि उद्योगका एआई क्रान्तिका कारण उनी बेरोजगार भएका थिए । शनसँग २० वर्ष काम गरेको अनुभव र कम्प्युटर विज्ञानमा डिग्री थियो । ८०० ठाउँमा जागिर माग्दै उनले आवेदन पठाए । 

तर यीमध्ये १० भन्दा कमले मात्रै उनलाई अन्तरवार्तामा बोलाए । यीमध्ये केही अन्तरवार्ता त मान्छेले होइन एआई एजेन्टले लिएका थिए । ‘मैले अति नै अदृश्य महसुस गरेँ । मलाई कसैले नदेखेको महसुस भयो । उक्त शृङ्खलामा मान्छे आउनु अगावै  फिल्टर गरेर फ्याँकिएको महसुस गरेँ,’ उनले भने । एआईले धमाधम मान्छेलाई विस्थापित गर्ने क्रम त पहिला नै सुरु भइसकेको रहेछ भन्दै उनले सबस्ट्याकमा लेखेका थिए । शनको अन्तिम जागिर मेटाभर्समा केन्द्रीय कम्पनीमा थियो ।

 यसलाई अर्को महान् चिज हुनेछ भनेर भविष्यवाणी गरिएको थियो । तर च्याटजीपीटीको उदयसँगै यो छायामा पर्‍यो । अहिले शन मध्य न्यूयोर्कमा एउटा सानो आरभीटेलर बसिरहेका छन् । उनको हातमा यतिबेला हातमुख जोर्न टेक जब छैन । पहिलाको वार्षिक डेढ लाख डलरको तलबको एक छेउको कमाई पनि छैन । यतिबेला शन डोर ड्याशको डेलिभरि दिँदै गर्दा तारन्तार नयाँ जागिर खोज्ने, इमेलका रित्ता बक्स हेर्ने र एआईबारे पछिल्लो समाचार खोज्ने  गरिरहेका छन् । यो जागिरले कमाएको पैसाले हात मुख जोर्न नसकेपछि आफ्ना पुराना ल्यापटप जस्ता सामान इबेमा बेचिरहेका छन् । यो बेचेर पनि उनले केही नगद मात्रै जुटाउनेछन् । 

अमेरिकाको श्रम तथ्याङ्कले सफ्टवेयर इञ्जिनियरिङलाई निरन्तर सबैभन्दा छिटो बढिरहेको क्षेत्रको रूपमा देखाइरहेको छ । यस्तोमा शनको वास्तविकताले कयौँलाई झसङ्ग बनाउन सक्छ । अहिले शनको जस्ता कथा एकाध मात्रै सुन्न वा देख्न पाइन्छ । तर छिटै यो धेरैको कथा बन्ने छ । यो वर्षको शुरुमा एन्थ्रोपिकका सीईओ दारियो आमोदेईले छिटै नै अरू सफ्टवेयर जागिर गुम्ने भविष्यवाणी गरेका थिए । सेप्टेम्बरसम्ममा एआईले ९० प्रतिशत कोड आफैँ लेख्न थाल्ने उनको भनाइ छ । । १२ महिनामा त एआईले लगभग सबै कोड आफैँ लेख्नेछ । 

२०२४ मा प्रविधि उद्योगमा १ लाख ५० हजार भन्दा धेरैले जागिर गुमाएको लेजअफको तथ्याङ्कले देखाएको थिए । यो वर्षको अहिलेसम्मको अवधिमा यो सङ्ख्या ५० हजार माथि उक्लिसकेको छ । शन एक वर्षभन्दा लामो समयदेखि बेरोजगार छ । तर यतिबेला बेरोजगारी मात्रै उनको समस्या होइन । शनले अझैँ आशा भने मारिसकेका छैनन् । न त आफ्नो जागिर खोसेको भन्दै उनी एआईसँग रुष्ट नै छन् । शन अझै पनि आफूलाई एआई म्याक्सिमालिष्ट भन्छन् । एआईले लेजिटिमेट रुपमै आफूभन्दा राम्रो काम गर्छ भने बसेर यसबारे आफूले बिलौना नगर्ने शन बताउँछन् । कम्पनीले पैसा बचाउन मानव कर्मचारी निकालेर एआईलाई राख्नु सबैभन्दा दिक्क लाग्दो भएको उनी ठान्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप