शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहन्छौँ : राधिका शाक्य
भक्तपुर । प्रथम महिला राधिका शाक्यले शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरेकी छन् । मध्यपुरथिमिमा जेसुम यात्रा लोकार्पण कार्यक्रममा बोल्दै शाक्यले केही दिन अगाडि राजावादीहरूले हेलिकप्टरमा भाग्न तयारी रहनु भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने बताएकी हुन् ।
शाक्यले भनिन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले, हामीले यत्रो वर्ष देशका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेका छौँ । भागेर जान अरू कुनै देशमा सम्पत्ति थुपारेर राखेका छैनौ, हामी भाग्दैनौ, कतै जाँदैनौ पनि, एक थोपा रगत भएसम्म हामी देशका लागि लड्छौँ ।’
उनले आफूले अनुमति पाए आन्दोलनका नाममा सिंहदरबार र बालुवाटार घेर्न आउँछु भन्नेहरूका बिचमा उभिएर धेरै कुरा सोध्न मन लागेको बताइन् । शाक्यले भनिन्–, ‘बालुवाटार घेर्छु भन्नेहरूको अनुहार पनि हामीले देखेका छौँ, चिनेका छौँ, सारा जनताले देखेको छन्, चिनेका छन् ।’
देशमा प्रजातन्त्र आएपछि र लोकतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायतका क्षेत्रमा कति परिवर्तन भए भनेर हेर्न, त्यसबारेमा प्रकाशित पुस्तकहरू पढ्न र मूल्याङ्कन गरेर मात्रै बोल्न उनले आग्रह गरिन् ।
शाक्यले भनिन्, ‘देशमा केही भएन भन्नेहरूले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र विभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरू अध्ययन गर्नुस्, प्रजातन्त्र स्थापना पछि देशका कति धेरै परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो ।’ अझै पनि समय भएकाले आन्दोलन छाडेर सबैले सबैको तहबाट आफूले गर्न सक्ने जति देश र जनताका लागि योगदान गर्न उनले आव्हान गरिन् ।
कार्यक्रममा बागमती प्रदेश सभाका पूर्व सदस्य एवं भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशीजंग थापाले आफ्नो परिवारबाट लिखित श्रीमद् भागवत पुस्तक प्रथम महिला शाक्यलाई हस्तान्तरण गरे भने नम्रता थापाले हालै प्रकाशित शाक्यको पुस्तक करुणाको समीक्षा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण