रौतहटमा दुर्घटनामा परेका युवकको मृत्यु
रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा दुर्घटनामा परेर एकजना अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन ।
दुर्घटना भएको गाडी हालसम्म यकिन गर्न नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताएका छन्। गएराति १० बजेको समयमा चन्द्रपुर ४ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा उक्त युवक दुर्घटना भई घाइते अवस्थामा लडेको फेला परेको थियो।
प्रहरी गस्ती टोलीले तत्काल निजलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको डीएसपी राईले बताएका छन्। राजमार्गमा गुडिरहेको कुनै गाडीबाट लडेर उक्त दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण