परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव
पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–१८ सुप्चैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताएका छन् ।
आइतबार वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री यादवले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने पानी जम्ने समस्या पूर्ण रुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताएका हुन् ।
‘नाला तथा ढलान निर्माणपछि यो क्षेत्रको जल निकासी प्रणाली सुधार हुने र सडक व्यवस्थित हुने छ । विकास निर्माणको कार्यमा सबै पक्षको सहकार्य आवश्यक छ’, मन्त्री यादवको भनाइ छ । एक करोड ७२ लाख रुपैयाँ लागतसहित नाला तथा ढलान निर्माण थालिएको हो ।
महानगरको वडानम्बर १८ सुप्चैना र वडा नम्बर २१ परवानीपुरसम्म एक हजार २५६ मिटर लम्बाई नाला तथा ढल निर्माण हुने वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण