यस्तो छ सोमबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची
सारांश
- राष्ट्रिय सभाको अठारौँ अधिवेशनको १०औँ बैठक सोमबार बस्दैछ, जसमा भौतिक पूर्वाधार र युवा तथा खेलकुद मन्त्रालयबारे छलफल हुनेछ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको वार्षिक प्रतिवेदन २०८०८१ सभामा पेस गर्नेछन्।
काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको अठारौँ अधिवेशनको १० औँ बैठक सोमबार बस्दैछ । बैठक अपराह्न १ः १५ बजेका लागि बोलाइएको हो ।
महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन २०८०८१ सभा समक्ष पेस गर्नेछन् ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने पनि कार्यसूची रहेको छ । यसैगरी, माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पाण्डेयले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण