रेमिट्यान्स कर लगाउन खोज्दैछन् ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी नागरिकहरूले पठाउने रेमिट्यान्समा ५ प्रतिशत कर लगाउने योजना बनाएको छ।
- यो योजनाले अमेरिकामा बसोबास गर्ने नेपालीहरूलाई प्रत्यक्ष असर पार्नेछ, जसमा ग्रीन कार्ड धारक र अस्थायी भिसामा काम गर्नेहरू पर्नेछन्।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी नागरिकहरूले आफ्नो देशमा पठाउने पैसामा कर लगाउने योजना बनाइरहेको छ । उनको प्रशासनले अमेरिकामा रहेका आप्रवासीहरूले आफ्नो देशमा पठाउने रेमिट्यान्समा पाँच प्रतिशत कर लगाउने योजना बनाइरहेको छ । यसले त्यहाँ बसिरहेका नेपालीहरूमाथि सिधैं असर पर्नेछ । ट्रम्पको यो योजनाबारे जर्जिया टेक रिसर्च इन्ष्टिच्यूट (जीटीआरआई)ले आइतबार बताएको हो ।
१२ मे मा अमेरिकाको प्रतिनिधिसभामा एउटा विधेयक पेस गरिएको थियो । जसलाई ‘द वान बिग ब्युटिफुल बिल’ भनिएको छ । यसमा गैर–अमेरिकी नागरिकहरूले आफ्नो देशमा पठाएको पैसामा पाँच प्रतिशत कर लगाउने व्यवस्था गरिएको छ ।
यो प्रावधान अमेरिकी नागरिक नभएका व्यक्तिहरू, जस्तै ग्रिन कार्ड धारकहरू वा एच–१बी वा एच–टूए लगायत अस्थायी भिसामा काम गर्ने व्यक्तिहरूमाथि लागू हुनेछ ।
यो कर अमेरिकी नागरिकहरूमाथि लगाइने छैन । यो कानून बनेमा हरेक वर्ष अमेरिकाबाट नेपाल आउने रेमिट्यान्स प्रभावित हुन सक्नेछ । ५ प्रतिशत करले रेमिट्यान्सको लागतमा उल्लेखनीय वृद्धि गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण