देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
सारांश
- मुख्यमन्त्री बहादुरसिंह लामाले खेलकुदले देशको नाम उच्च राखेको र प्रदेश सरकार खेलकुद विकासमा प्रतिबद्ध रहेको बताए।
- मुख्यमन्त्रीले खेल पर्यटनबाट अर्थतन्त्रमा योगदान पुग्ने र लगानीलाई उत्पादनसँग जोड्ने योजना रहेको उल्लेख गरे।
- मन्त्री कुन्दनराज काफ्लेले खेल पूर्वाधार विकास र प्रशिक्षण केन्द्र बनाउने प्रतिबद्धता जनाए, जसले खेलाडी उत्पादनमा सघाउ पुर्याउनेछ।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले देशको नाम उच्च राख्न खेलकुदका माध्यमबाट खेलाडीहरुले महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् । उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा हेटौँडा–४ हुप्र चौरमा आयोजित बागमती प्रदेश प्रथम खेलकुद अवार्ड २०८२ समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले खेलकुदका माध्यमबाट देशको पहिचान मात्र नभई संस्कृति तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए । खेल पर्यटनका माध्यमबाट देशको अर्थतन्त्रमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्न सक्ने अवस्था रहेको उनले बताए ।
मुख्यमन्त्री लामाका अनुसार खेलकुद क्षेत्रको लगानीलाई उत्पादनमा जोड्ने गरी प्रदेश सरकार अघि बढेको छ । खेलाडी उत्पादन र संरचना विकासमा गरिएका लगानीलाई व्यवस्थित गर्ने गरी सरकारले नीति कार्यक्रम तयार गरेको उनले बताए ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले प्रशिक्षण केन्द्रका रूपमा खेल पूर्वाधारको विकास गर्ने बताए । खेल पूर्वाधारलाई नियमित र निरन्तर बनाउन तथा खेलाडी उत्पादनका लागि पूर्वाधारमा लगानी बढाउँदै प्रशिक्षण केन्द्रको रूपमा विकास गर्ने बताए । उनले खेल क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले लगानी बढाउने बताए ।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सङ्घीय संरचनालाई बलियो बनाउन खेलकुद क्षेत्रले भूमिका खेलेको बताए । उनले प्रदेशको पहिचानको रूपमा खेलकुद क्षेत्र मार्फत योगदान पुर्याएको बताए । खेलकुद क्षेत्रका विकास र प्रवर्द्धनबाट स्वास्थ्य, संस्कृति, पर्यटनको विकासमा समेत सहयोग पुग्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
-
ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण