महिला टी–२० विश्वकप छनोट : नेपाल आज यूएईसँग भिड्दै
सारांश
- नेपालले आईसीसी महिला टी-२० विश्वकप छनोटको सुपर-३ चरणमा यूएईसँग खेल्दैछ, खेल सोमबार बिहान हुँदैछ।
- थाइल्यान्डमा जारी प्रतियोगितामा नेपाल समूह 'सी' को विजेता बनेर सुपर-३ मा पुगेको हो, यूएई समूह 'बी' को विजेता हो।
- सुपर-३ चरणका शीर्ष दुई टोली विश्वकप छनोटमा पुग्नेछन्, जहाँ १० टोलीबीच प्रतिस्पर्धा हुनेछ र चार टोली विश्वकपमा पुग्नेछन्।
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपालले आफ्नो पहिलो खेल सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ । खेल बिहान ०८ः४५ बजे सुरु हुनेछ ।
सुपर–३ चरणमा खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि आइतबार खेलिएको खेलमा आयोजक थाइल्यान्डले यूएईलाई ५४ रनले हराएको थियो । नेपाली टोली समूह ‘सी’ को विजेता बन्दै प्रतियोगिताको सुपर–३ चरणमा पुगेको हो ।
यसैगरी, यूएई समूह ‘बी’ को विजेता र थाइल्यान्ड समूह ‘ए’ को विजेता बन्दै सुपर–३ चरणमा प्रवेश गरेका हुन् । सुपर–३ चरणमा नेपालले आफ्नो दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । सुपर–३ चरणमा तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।
सुपर–३ चरणको खेलपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा प्रवेश गर्नेछन् । विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।
हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुंगो लागेको छ । बंगलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । बाँकी सात टोलीको भने टुंगो लाग्न बाँकी छ ।
विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुंगो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताबाट चार टोलीले सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण