सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

बार्सिलोनालाई हराएर भिया रियालले गर्‍यो च्याम्पियन्स लिग सुरक्षित

सोमबार, ०५ जेठ २०८२, ०५ : ५०
सोमबार, ०५ जेठ २०८२

काठमाडौं । बार्सिलोना घरेलु मैदानमा हारेको छ । स्पेनिस ला लिगा फुटबलको ३७ औं खेलमा बार्सालाई भिया रियालले ३-२ गोल अन्तरले हराएको हो । 

बार्साका लागि घरेलु मैदानमा लामिने यामल र फर्मिन लोपेजले गोल गरे । पाहुना टोली भिया रियालका लागि चौथो मिनेट मै अयोज पेरेजले गोल गरे भने दोस्रो हाफमा सेन्टी कोमेसाना र ताजोन बुकाननले गोल गरे । यो जितले भिया रियाललाई त्याम्पियन्स लिगका लागि सुरक्षित गरेको छ । 

शीर्ष स्थानमा रहेको बार्साले भने यसअघि नै ला लिगाको उपाधि जितिसकेको छ भने यो हारले कुनै प्रभाव परेन । ला लिगामा तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडले समेत ४-१ को फराकिलो जित निकाल्दै आफुलाई च्याम्पियन्स लिगका लागि सुरक्षित गरेको छ । यस्तै, एथ्लेटिक बिल्बाओले समेत आफुलाई चौथो स्थानमा उभ्याएर च्याम्पियन्स लिग सुरक्षित गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप