बार्सिलोनालाई हराएर भिया रियालले गर्यो च्याम्पियन्स लिग सुरक्षित
सोमबार, ०५ जेठ २०८२, ०५ : ५०
काठमाडौं । बार्सिलोना घरेलु मैदानमा हारेको छ । स्पेनिस ला लिगा फुटबलको ३७ औं खेलमा बार्सालाई भिया रियालले ३-२ गोल अन्तरले हराएको हो ।
बार्साका लागि घरेलु मैदानमा लामिने यामल र फर्मिन लोपेजले गोल गरे । पाहुना टोली भिया रियालका लागि चौथो मिनेट मै अयोज पेरेजले गोल गरे भने दोस्रो हाफमा सेन्टी कोमेसाना र ताजोन बुकाननले गोल गरे । यो जितले भिया रियाललाई त्याम्पियन्स लिगका लागि सुरक्षित गरेको छ ।
शीर्ष स्थानमा रहेको बार्साले भने यसअघि नै ला लिगाको उपाधि जितिसकेको छ भने यो हारले कुनै प्रभाव परेन । ला लिगामा तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडले समेत ४-१ को फराकिलो जित निकाल्दै आफुलाई च्याम्पियन्स लिगका लागि सुरक्षित गरेको छ । यस्तै, एथ्लेटिक बिल्बाओले समेत आफुलाई चौथो स्थानमा उभ्याएर च्याम्पियन्स लिग सुरक्षित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण