आर्सनलसँगको हारले न्यूक्यासल तनावमा, च्याम्पियन्स लिग यात्रा चुनौतिपूर्ण
सोमबार, ०५ जेठ २०८२, ०६ : २१
काठमाडौं । आर्सनलसँग हारेसँगै इंग्लिश प्रिमियर लिगको बलियो प्रतिस्पर्धी न्यूक्यासल युनाइटेड तनावमा परेको छ । आर्सनलको घरेलु मैदानमा १-० को हार व्यहोरेसँगै न्यूक्यासललाई च्याम्पियन्स लिग सुरक्षित गर्न कठिनाई भएको हो ।
यो हारले न्यूक्यासलको अंक चौथो स्थानमा रहेको चेल्सी, पाँचौ स्थानमा रहेको एस्टन भिल्लासँग बराबरी हुन पुगेको छ । जहाँ तीनै टोलीको समान ६६ अंक छ । गोल अन्तरका आधारमा न्यूक्यासल तेस्रो स्थानमा भए पनि छैठौं स्थानको म्यान्चेस्टर सिटी समेतको ६५ अंक छ । म्यान्सिटीले अझै दुई खेल बाँकी नै छ ।
जसकारण आफुलाई च्याम्पियन्स लिगमा सुरक्षित राख्न न्यूक्यासलले ३८ औं खेल जित्नै पर्ने दबाब छ । लेस्टर सिटीले इप्सविच टाउनलाई हराए पनि रेलिगेशन क्षेत्रबाट बाहिर निस्किन सकेको छैन । ३७ औं खेलमा व्यहोरेको हारले साउथह्याम्पटन झन् पुछारमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण