सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

आर्सनलसँगको हारले न्यूक्यासल तनावमा, च्याम्पियन्स लिग यात्रा चुनौतिपूर्ण

सोमबार, ०५ जेठ २०८२, ०६ : २१
सोमबार, ०५ जेठ २०८२

काठमाडौं । आर्सनलसँग हारेसँगै इंग्लिश प्रिमियर लिगको बलियो प्रतिस्पर्धी न्यूक्यासल युनाइटेड तनावमा परेको छ ।  आर्सनलको घरेलु मैदानमा १-० को हार व्यहोरेसँगै न्यूक्यासललाई च्याम्पियन्स लिग सुरक्षित गर्न कठिनाई भएको हो ।

यो हारले न्यूक्यासलको अंक चौथो स्थानमा रहेको चेल्सी, पाँचौ स्थानमा रहेको एस्टन भिल्लासँग बराबरी हुन पुगेको छ । जहाँ तीनै टोलीको समान ६६ अंक छ । गोल अन्तरका आधारमा न्यूक्यासल तेस्रो स्थानमा भए पनि छैठौं स्थानको म्यान्चेस्टर सिटी समेतको  ६५ अंक छ । म्यान्सिटीले अझै दुई खेल बाँकी नै छ । 

जसकारण आफुलाई च्याम्पियन्स लिगमा सुरक्षित राख्न न्यूक्यासलले ३८ औं खेल जित्नै पर्ने दबाब छ । लेस्टर सिटीले इप्सविच टाउनलाई हराए पनि रेलिगेशन क्षेत्रबाट बाहिर निस्किन सकेको छैन । ३७ औं खेलमा व्यहोरेको हारले साउथह्याम्पटन झन् पुछारमा पुगेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप