जोखिमयुक्त बस्तीको पहिचान र सुरक्षित स्थानान्तरण आवश्यक छ : शङ्कर पोखरेल
सोमबार, ०५ जेठ २०८२, ११ : ०५

समाचार सारांश
- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीहरू पहिचान गरी सुरक्षित स्थानान्तरण गर्नुपर्ने बताए ।
- उनले जलवायु परिवर्तनका कारण हुम्लाको नाम्खावासी पहिरोबाट घरबारविहीन भएको घटनालाई उल्लेख गर्दै सुरक्षित स्थानान्तरणको आवश्यकता औंल्याए ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीहरूको पहिचान गरेर सुरक्षित स्थानान्तरण गर्न आवश्यक रहेको बताएका छन् । महासचिव पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्न सक्ने असरबारे सगरमाथा संवाद चलिरहेका बेला हुम्लाको नाम्खावासी पहिरोको कारणले घरबार विहीन बन्न पुगेको भन्दै सुरक्षित स्थानान्तरण आवश्यक रहेको बताएका हुन् ।
‘अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीहरूको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ’, महासचिव पोखरेलले भनेका छन्, ‘त्यसका लागि सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग गरी सुरक्षित वस्ति विकासको योजना अघि बढाउनुपर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डपछि पार्टी कसरी चल्छ भन्ने बहस निरर्थक, उत्तराधिकारीको श्रृंखला तयार छ : वर्षमान पुन
-
लागूऔषध सहित तीन जना पक्राउ
-
गगन थापाले भने, ‘कांग्रेसभित्र अहिले उकुसमुकुस छ’
-
सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु, ८ जना घाइते
-
शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य
-
गभर्नरको रस्साकस्सीबिच मन्त्रिपरिषद् बैठक स्थगित