जोखिमयुक्त बस्तीको पहिचान र सुरक्षित स्थानान्तरण आवश्यक छ : शङ्कर पोखरेल
सोमबार, ०५ जेठ २०८२, ११ : ०५
सारांश
- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीहरू पहिचान गरी सुरक्षित स्थानान्तरण गर्नुपर्ने बताए ।
- उनले जलवायु परिवर्तनका कारण हुम्लाको नाम्खावासी पहिरोबाट घरबारविहीन भएको घटनालाई उल्लेख गर्दै सुरक्षित स्थानान्तरणको आवश्यकता औंल्याए ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीहरूको पहिचान गरेर सुरक्षित स्थानान्तरण गर्न आवश्यक रहेको बताएका छन् । महासचिव पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्न सक्ने असरबारे सगरमाथा संवाद चलिरहेका बेला हुम्लाको नाम्खावासी पहिरोको कारणले घरबार विहीन बन्न पुगेको भन्दै सुरक्षित स्थानान्तरण आवश्यक रहेको बताएका हुन् ।
‘अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीहरूको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ’, महासचिव पोखरेलले भनेका छन्, ‘त्यसका लागि सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग गरी सुरक्षित वस्ति विकासको योजना अघि बढाउनुपर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण