चलचित्र ‘आ बाट आमा’ निर्माण हुने, भदौदेखि छायाङ्कन
सोमबार, ०५ जेठ २०८२, १४ : २७

काठमाडौँ । नयाँ चलचित्र ‘आ बाट आमा’ को निर्माण हुने भएको छ । निर्देशक चन्द्र पन्तले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
सार्वजनिक थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्साएको देखाइएको छ । चलचित्रमा आमाप्रति सन्तानको माया कति हुन्छ भन्ने भन्ने देखाइने निर्देशक पन्तले बताए ।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुने फिल्मको छायाङ्कन आगामी भदौबाट हुने छ ।चलचित्रमा कलाकार को को हुनेछन् भन्न विषयमा चाँडै जानकारी दिइने निर्देशक पन्तले बताए ।
चलचित्र विकास बोर्डमा चलचित्र दर्ता समय कलाकारको रूपमा क्रिस्मत सिंह र विपना थापा उल्लेख गरिएको छ । चलचित्रलाई अभिमन्यु निरवीले लेखेका हुन् । निर्देशक पन्तले यसअघि एक्सन जनराको फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते
-
यूएईसामु निरीह बन्यो बलियो बङ्गलादेश
-
जनताको सुझाव र आलोचनालाई गम्भीर रूपमा ग्रहण गरेका छौँ : प्रचण्ड
-
राज्यपक्ष इमानदार नदेखिएको भन्दै यसअघिको भन्दा सशक्त आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी
-
२०८४ अघि फेरि सम्भव होला एमाले र माओवादीबिच पार्टी एकता ?
-
नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित