महिला क्रिकेट टोलीलाई पारस खड्काको बधाई : ‘सामाजिक सञ्जालमा गाली गर्नु सजिलो छ तर, मैदानमा दौडिनु त्यति सजिलो छैन’
काठमाडौँ । नेपाली टोलीले आईसीसी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान पक्का गरेपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले खेलाडीहरुलाई बधाई दिएका छन् ।
राष्ट्रिय पुरुष टोलीका पूर्वकप्तान पारसले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘क्रिकेट खेलेर के हुन्छ र ? भन्ने मानसिकता राख्ने जमातबिच ती सबै चुनौतीहरू पार गर्दै हुर्किएर महिला क्रिकेटमा लाग्नु भएको बहिनीहरूप्रति सम्मान र कृतज्ञता । नेपालमा हाम्रा बहिनीहरूले क्रिकेट खेल्ने इच्छा राख्नु नै ठूलो कुरा हो र अझै पनि ती सपनाहरू जीवित छन् ।’
क्यानका सचिव पारसले समाजमा फैलिएका नकारात्मक धारणालाई बिर्सिएर आफ्नो जीवन खेलप्रति समर्पित गर्नु सजिलो कुरा नभएको धारणा पनि व्यक्त गरेका छन् ।
‘समाजमा फैलिएका नकारात्मक धारणा र प्रतिक्रियाहरूलाई एकछिनका लागि बिर्सेर राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्नो जीवन यो खेलप्रति समर्पित गर्नु साँच्चै सजिलो कुरा होइन । त्यसैले नेपाली महिला क्रिकेट टिमलाई हामीले दिन सक्ने सबैभन्दा ठूलो समर्थन हो, हौसला,’ उनले भनेका छन् ।
पारसले सामाजिक सञ्जालमा खेलाडीहरुप्रति नकारात्मक टिप्पणी नगर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सामाजिक सञ्जालमा गाली गर्नु सजिलो छ तर, मैदानमा दौडिनु त्यति सजिलो छैन । नेपाली महिला क्रिकेट टिमको आजको जित कुनै आकस्मिक परिणाम होइन, यो त तपाइँहरूले ब्याट र बल समातेको पहिलो दिनदेखि नै सुनिश्चित भइसकेको भविष्य थियो । अडिग भएर अघि बढ्नुस् । आगामी दिनहरूका लागि हाम्रो राष्ट्रिय महिला क्रिकेट टोलीलाई हार्दिक शुभकामना ।’
नेपाली महिला टोली थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वस्तरीय छनोट प्रतियोगितामा पुगेको हो । नेपाली टोलीले सोमबार खेलिएको सुपर–३ चरणको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पाँच विकेटले हराएको थियो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।
जितसँगै नेपाली टोली विश्वस्तरीय छनोट प्रतियोगितामा पुगेको हो । नेपालसँगै थाइल्यान्ड पनि ग्लोबल छनोटमा प्रवेश गरेको छ । सुपर–३ चरणमा नेपाली टोलीले आफ्नो दोस्रो खेल मंगलबार आयोजक थाइल्यान्डसँग खेल्नेछ ।
नेपाली टोली समूह ‘सी’ को विजेता बन्दै प्रतियोगिताको सुपर–३ चरणमा पुगेको थियो । यूएई समूह ‘बी’ को विजेता र थाइल्यान्ड समूह ‘ए’ को विजेता बन्दै सुपर–३ चरणमा प्रवेश गरेका हुन् । यूएई भने सुपर–३ चरणबाटै बाहिरिएको छ ।
सुपर–३ चरणको खेलपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा प्रवेश गर्ने प्रावधान थियो । विश्वस्तरीय छनोट प्रतियोगितामा भने १० टोलीको सहभागिता रहनेछ ।
योसँगै विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने पाँच टोलीको टुंगो लागेको छ । बंगलादेश, स्कटल्यान्ड र अमेरिकाले यसअघि नै विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । बाँकी पाँच टोलीको भने टुंगो लाग्न बाँकी छ ।
विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुंगो लाग्न बाँकी छ ।
विश्वस्तरीय छनोट प्रतियोगिताबाट चार टोलीले सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण