अमेजनको जङ्गलमा हाई सेक्युरिटी जेल खोल्दैछ फ्रान्स

काठमाडौँ । फ्रान्सले अमेजनको जङ्गलमा सुरक्षा व्यवस्था निकै कडा भएको नयाँ जेल बनाउने भएको छ ।
फ्रेन्च गुइएना क्षेत्रमा बन्न लागेको यस जेलमा लागू औषध तस्कर र अति कट्टरपन्थी इस्लामिष्टहरूलाई थुनेर राखिने बताइएको छ । गुइएनाको भ्रमणका क्रममा फ्रान्सका न्याय मन्त्री जेराल्ड दार्मानिनले यो घोषणा गरेका हुन् ।
लागूऔषधको आपूर्ति शृङ्खलासँग जोडिएर गर्ने सबै तहका सङ्गठित अपराधका अपराधीका लागि भनेर यो जेल बनाउन लागिएको दार्मानिनको भनाईलाई उद्धृत गर्दै ले जर्नल दू डिमान्चे (जेडीडी)ले समाचार छापेको छ । ४० करोड यूरोमा बन्ने यो जेल छिटोमा २०२८ देखि सञ्चालनमा आउनेछ ।
हालैका महिनाहरूमा फ्रान्सभरमा जेल र त्यहाँका कर्मचारीलाई लक्षित गरेर आक्रमण भइरहेको समयमा यो योजनाको घोषणा भएको हो । यस जेलमा ५०० जनासम्मलाई राख्न सकिनेछ । अति खतरनाक अपराधीलाई राख्न छुट्टै भवन बनाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा : समितिमा विचाराधीन ४ विधेयकका प्रतिवेदन पेस
-
पर्वतका ६ स्थानीय तहले निर्माण गरे आफ्नै भवन
-
के कारणले बिरामी भइरहेका छन् बालबालिका ?
-
सुपर–३ चरणको अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले हार्यो नेपाल
-
सर्लाहीमा दुई मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु
-
गभर्नर टुङ्गिएसँगै सेलायो सरकार ढल्ने चर्चा