गर्भ निरोधक चक्कीले बढ्छ स्ट्रोक र हर्ट अट्याकको खतरा

समाचार सारांश
- महिलाहरूले गर्भ निरोधक चक्कीको प्रयोग गर्दा स्ट्रोक र हृदयाघातको जोखिम बढ्न सक्ने अध्ययनले देखाएको छ।
- डेनर्मामा गरिएको अध्ययनले विभिन्न प्रकारका गर्भ निरोधक चक्कीहरूका कारण जोखिमको मात्रा पत्ता लगाएको छ।
- अध्ययनले हार्माेनल गर्भ निरोधकको प्रयोग गर्दा सावधानी अपनाउन र सकेसम्म कम प्रयोग गर्न सुझाव दिएको छ।
काठमाडौँ । गर्भधारण रोक्न महिलाहरूले गर्भ निरोधक चक्कीको सेवन गर्छन् । कयौँले त डाक्टरसँग परामर्श नगरी यी चक्कीहरू सेवन गरिरहेका हुन्छन् । असुरक्षित यौन सम्पर्कपछि गर्भ धारणा हुन नदिन आपत्कालीन चक्की प्रयोग गरिन्छ । यसलाई मर्निङ–आफ्टर पिल्स समेत भनिन्छ । असुरक्षित यौन सम्पर्क भएपछि सकेसम्म चाँडो आकस्मिक चक्की खाइहाल्नु पर्छ ।
यी चक्कीहरू २४ घण्टा भित्र खानु राम्रो हुन्छ । तर ७२ घण्टा भित्र सेवन गर्दा पनि गर्भावस्था रोक्न सकिन्छ । तर यस्ता चक्कीको अत्यधिक सेवनले हार्माेनल असन्तुलन, अनियमित महिनावारीका साथै एक्टोपिक गर्भावस्थाको जोखिम बढाउने विज्ञहरू बताउँछन् ।
हालै डेनर्मामा गरिएको एउटा बृहत् अध्ययनले केही हार्माेनल गर्भ निरोधक चक्कीहरूले स्ट्रोक र हृदयाघातको जोखिम बढाउन सक्ने पत्ता लगाएको छ । विश्वभर करिब २५ करोड महिलाले हार्माेनल गर्भ निरोधक प्रयोग गर्ने कुरा पनि अध्ययनमा भनिएको थियो ।
अध्ययनमा, १५ देखि ४९ वर्ष उमेरका २० लाखभन्दा बढी डेनिस महिलाहरूलाई २५ वर्षसम्म ट्र्याक गरिएको थियो । अध्ययनमा समावेश गरिएका गर्भ निरोधक चक्कीहरूमा एस्ट्रोजेन–प्रोजेस्टिन चक्कीहरू, भजाइनल रिंग्स, प्याच, प्रोजेस्टिन–अन्ली चक्की, इन्ट्रायूटरिन उपकरणहरू (आईयूडी) र इन्ट्रामस्कुलर इंजेक्शन आदिलाई समावेश गरिएको थियो ।
यस्ता छन् अध्ययनमा पत्ता लागेका अन्य केही कुराहरू:
–एस्ट्रोजेन–प्रोजेस्टिन संयोजन गर्भ निरोधक चक्की लिने महिलाहरूमा स्ट्रोकको जोखिम २ दशमलव ४ गुणा र हृदयाघातको जोखिम ३ दशमलव ८ गुणा बढेको पाइयो ।
–प्रोजेस्टिन–अन्ली चक्की र इम्प्लान्टले पनि जोखिम बढाउँछ, तर संयुक्त चक्कीहरू भन्दा कम ।
–भजाइनल रिंग्स र स्किन प्याचले पनि जोखिम बढाउँछ ।
–लेभोनोर्जेस्ट्रेल–रिलीजिङ इन्ट्रायूटरिन डिभाइस (आईयूडी) एक मात्र गर्भ निरोधक थियो जुन प्रयोगको अवधिलाई ध्यान नदिई बढ्दो जोखिमसँग सम्बन्धित थिएन ।
अध्ययनमा, अनुसन्धानकर्ताहरूले महिलाले सकेसम्म कम गर्भ निरोधक चक्की खानुपर्छ भन्ने पत्ता लगाएका छन् । यस अध्ययनमा रगत जम्ने, क्यान्सर, कलेजो रोग, मिर्गौला रोग, पोलिसिस्टिक ओभरी सिन्ड्रोम, एन्डोमेट्रिओसिस भएका वा प्रजनन उपचार गराइरहेका महिलाहरूलाई समावेश गरिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरू बारम्बार किन गर्छन् ‘आत्मघाती पत्र’मा हस्ताक्षर ?
-
एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपालबिच सम्झौता
-
बागमती प्रदेश सभामा सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस
-
बागमती प्रदेशसभा : समितिमा विचाराधीन ४ विधेयकका प्रतिवेदन पेस
-
पर्वतका ६ स्थानीय तहले निर्माण गरे आफ्नै भवन
-
के कारणले बिरामी भइरहेका छन् बालबालिका ?