मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

तीन जनाको नाम बोकेर अर्थमन्त्री हिँडे बालुवाटार

मङ्गलबार, ०६ जेठ २०८२, १७ : २५
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • गभर्नर सिफारिस समितिको बैठक सम्पन्न भयो। बैठकपछि अर्थमन्त्री विष्णु पौडेल बालुवाटार गएका छन्।
  • अर्थशास्त्री विश्व पौडेलसहित तीन जनाको नाम गभर्नरमा सिफारिस भएको छ।
  • विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने राजनीतिक सहमति भइसकेको छ र मन्त्रिपरिषद्को बैठक बस्दै छ।

काठमाडौँ । गभर्नर सिफारिस समितिको बैठक सम्पन्न भएको छ । मंगलबार अपराह्न सिंहदबारमा बसेको बैठकलगत्तै अर्थमन्त्री विष्णु पौडेल बालुवाटार हिँडेका छन् । 

सिफारिस समितिबाट अर्थशास्त्री विश्व पौडेलसहित तीन जनाको नाम गभर्नरमा सिफारिस भएको अर्थ मन्त्रालय स्रोतले बतायो । 

सोही नामको आधारमा विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने यसअघि नै राजनीतिक सहमति भइसकेको छ । यसबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक केहीबेरमा बालुवाटारमा बस्दै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप