बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल

बुधबार, ०७ जेठ २०८२, ०६ : ४५
बुधबार, ०७ जेठ २०८२

आज विक्रम संवत २०८२ साल जेष्ठ ७ गते, बुधबार । ईश्वी सन् २०२५ मे २१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । जेष्ठ कृष्णपक्ष । तिथि–नवमी, ४३ घडी ५७ पला, बेलुकी १० बजेर ४९ मिनेट उप्रान्त दशमी । नक्षत्र–शतभिषा, २४ घडी ३३ पला, दिउँसो ३ बजेर ३ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– वैधृती, ३९ घडी ५६ पला, बेलुकी ९ बजेर १२ मिनेट  विष्कुम्भ । करण–तैतिल, बिहान ११ बजेर ४१ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ४९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कुम्भ ।
काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५५ पला ।

आजको बार बेला   

  • बिहान ५ बजेर १४ मिनेटसम्म लाभ बेला ।
  • बिहान ५ बजेर १५ मिनेटदेखि बिहान ६ बजेर ५६ मिनेटसम्म अमृत बेला ।
  • बिहान ६ बजेर ५७  मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म काल बेला ।
  • बिहान ८ बजेर ३८ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म शुभ बेला ।
  • बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म रोग बेला ।
  • मध्यान्ह १२ बजेर २ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म उद्धेग बेला ।
  • दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर २५ मिनेटसम्म चर बेला ।
  • दिउँसो ३  बजेर २६ मिनेटदेखि बेलुकी ५ बजेर ६ मिनेटसम्म लाभ बेला ।
  • बेलुकी ५ बजेर ७ मिनेटदेखि बेलुकी ८ बजेर ६ मिनेटसम्म उद्धेग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १२ बजेर १ मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट  : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहुर्त
बिहान ३ बजेर ३८ मिनेटदेखि बिहान ४ बजेर २६ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पत्तिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेकोछ  । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । शेयरबजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
 
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । वित्तीय क्षेत्र तथा शेयरबजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्वपूर्ण कामहरु बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा निकै नै अगाडि बढी पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन  सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुची बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेकोछ ।  

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय मध्ययम रहेकाले व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ । परिवारमा आफन्त तथा पति पत्नीबीच विवाद बढ्नेछ भने चेली माईतीबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुःख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेकोछ । व्यापार, शेयरबजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पों) व्यापार वा शेयरबजारमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्ततः तपाईकै पक्षमा नतिजा आउदा मन खुशी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाहमार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ । विवाद तथा प्रतिस्पर्धामा विपक्षहरुलाई हराउदै अगाडि बढ्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकाले भनेजस्तोे उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । शेयरबजारको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा विलाशी वस्तु प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोरा छोरीको प्रगती देख्न पाइनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईंको व्यवहारले मान्यजन तथा आमाको मन दुख्ने छ । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । विभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भए पनि सहकर्मी हरुबाटनै विरोध हुनेछ । अध्ययनमा भने जस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । काम गर्दा गम्भीर हुनुहोला हतार गर्नाले बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । तर, पनि कृषि क्षेत्र तथा सवारी साधनको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेष गरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा ईच्छाहरु पुरा गर्न सकिनेछ । व्यापार, शेयरबजारमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार, उद्योग तथा शेयरबजारको लगानीबाट नाफा कमाउन सकिनेछ । कार्यक्षेत्रमा तपार्ईंको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्तिमार्फत सम्मान पाउने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसंगको रमाइलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्रपंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । शेयरबजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरु रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । तर, पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागि भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्गे लाभ लिन सकिनेछ । शेयरबजारमा लगानी गर्नुहोला नाफा कमाउन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्, 
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप