बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

दुई तिहाइको सरकार सुशासन र भ्रष्टाचारविरूद्धको अभियानमा चुक्यो : सांसद विष्ट

बुधबार, ०७ जेठ २०८२, १५ : २३
बुधबार, ०७ जेठ २०८२

काठमाडौँ । राष्ट्रिय सभा सांसद नरबहादुर विष्टले प्रधानमन्त्रीले बोलाएको बैठकमा कांग्रेस सभापति नगएको भोलिपल्टै नेपाल राष्ट्र बैंकको गभर्नरमा सहमति भएको बताएका छन् । 

बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले ढिलो गरेरै भएपनि राष्ट्र बैंकको गभर्नर नियुक्ति गरेकामा सरकारलाई धन्यवाद दिए । सांसद विष्टले वर्तमान टेक्नोलोजिको युगमा पनि नेपालका सरकारी अस्पतालहरुको वेथिति अन्त्य हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले सरकारी अस्पतालहरुमा खरिद गरिएका र थन्किएर बसेका अरबौंका उपकरण सञ्चालनमा ल्याउन माग गर्दै आम नागरिकलाई सुशासनको प्रत्याभुत गराउन आग्रह गरे ।

अबको केही दिनमा बजेट आउने लागेको भन्दै बजेटले समग्र मुलुकको विकासका लागि र सबैलाई अटाउने गरी निष्पक्ष ढंगले बजेट ल्याउन सरकारको ध्यानाकर्षण गराए । 

उनले दुई तिहाइको सरकारले सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा चुस्त हुन नसकेको आरोपसमेत लगाए ।

उनले विगत १५ वर्षदेखि निर्माणाधीन अपर कर्णाली सम्पन्न हुन नसक्दा समग्र कर्णालीवासीको सपनामा कुठाराघात भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप