गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु
बुधबार, ०७ जेठ २०८२, १५ : ५८

समाचार सारांश
- गोरखामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
- गोरखाबाट आरुघाटतर्फ गइरहेको बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो।
गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीयाा विनिता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् । विनिताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका–४ का कार्यवाहक वडाध्यक्ष निसा रोकाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता
-
१२ बजे १२ समाचार: प्रदेश सांसद अख्तियारको नियन्त्रणमा, भारतीय विमान दुर्घटना