बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

ग्वार्को ओभरपासमा यसरी हुँदैछ काम, जेठ मसान्तभित्र गाडी गुडाउन मिल्ला ? (तस्बिरहरू)

बुधबार, ०७ जेठ २०८२, १० : २५
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपासको काम जेठ मसान्तभित्र सक्ने लक्ष्य छ।
  • निर्माण कम्पनीले जेठ १५ भित्रै काम सक्ने योजना बनाएको छ, तर म्याद थप गर्दा पनि काम ढिलो भएको छ।
  • ओभरपास बनेपछि कलंकी-कोटेश्वर सडकखण्ड र अन्य स्थानीय मार्गहरूमा यातायात सहज हुनेछ।

काठमाडौँ । ललितपुरको ग्वार्कोमा ओभरपासको काम धमाधम भइरहेको छ । जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको बताइएको छ । 

आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ ।

ओभरपास निर्माण सम्झौताको समय सकिएर एक वर्ष म्याद थप हुँदा पनि काम पूरा नहुने देखिएपछि सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट हर्जाना तिराएर काम गराइरहेको छ । सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।

ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् ।

 ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।

fly over (1)fly over (2)fly over (3)fly over (4)fly over (5)fly over (6)fly over (7)fly over (8)fly over (9)fly over (10)fly over (11)fly over (12)fly over (13)fly over (14)fly over (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप