ग्वार्को ओभरपासमा यसरी हुँदैछ काम, जेठ मसान्तभित्र गाडी गुडाउन मिल्ला ? (तस्बिरहरू)
सारांश
- ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपासको काम जेठ मसान्तभित्र सक्ने लक्ष्य छ।
- निर्माण कम्पनीले जेठ १५ भित्रै काम सक्ने योजना बनाएको छ, तर म्याद थप गर्दा पनि काम ढिलो भएको छ।
- ओभरपास बनेपछि कलंकी-कोटेश्वर सडकखण्ड र अन्य स्थानीय मार्गहरूमा यातायात सहज हुनेछ।
काठमाडौँ । ललितपुरको ग्वार्कोमा ओभरपासको काम धमाधम भइरहेको छ । जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको बताइएको छ ।
आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ ।
ओभरपास निर्माण सम्झौताको समय सकिएर एक वर्ष म्याद थप हुँदा पनि काम पूरा नहुने देखिएपछि सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट हर्जाना तिराएर काम गराइरहेको छ । सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।
ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् ।
ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।
_PFVZWbnmiE.jpg)
_qanJPy6ZAc.jpg)
_iSUApqTBqX.jpg)
_1yJHMvImVz.jpg)
_1vQU6xEnDw.jpg)
_5RPMgwhwne.jpg)
_XINnMEUx2n.jpg)
_XlsdItXdLU.jpg)
_mllfIFJDl4.jpg)
_MKHARzMnvx.jpg)
_JxwAtmBOPF.jpg)
_nbuJp177Ax.jpg)
_luuP4fQov2.jpg)
_BRtpCM1L0X.jpg)
_9crI2dNelr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण