शिवम् सिमेन्टले के ल्याउँदैछ ?
काठमाडौँ । ‘गुणस्तरको मामलामा नो कम्प्रोमाइज’ भन्ने मूल नारालाई व्यवहारमा उतार्दै सिमेन्ट ब्रान्ड शिवम् सिमेन्टले आफ्नो नयाँ क्याम्पेनलाई फरक शैलीमा प्रस्तुत गरिरहेको छ ।
सोही अनुसार हालै कम्पनीले एउटा टिजर सार्वजनिक गरेको छ । टिजर हेर्दा कुनै थ्रिलर वेब सिरिजको हो कि भन्नेजस्तो भान हुन्छ ।
जसमा शिवम् सिमेन्टको विज्ञापन हो वा यसले कुनै नयाँ सिनेमा नै ल्याउन लागेको हो भन्ने कुरा छुट्याउन गाह्रो पर्छ ।
स्मरण रहोस् आफ्ना उपभोक्ताहरूलाई सुसूचित गर्नका लागि शिवम् सिमेन्टले विगतदेखि नै थुप्रै नवीनतम् कन्सेप्टहरू ल्याउँदै आइरहेको छ । जसको उदाहरणको रूपमा विगतको नो कम्प्रोमाइज भन्ने विज्ञापन क्याम्पेनलाई पनि लिन सकिने कम्पनीको भनाइ छ ।
जसमा आफ्नो अधिकार, आफ्नो दायित्वजस्ता कुरामा कहिल्यै सम्झौता वा कम्प्रोमाइज गर्नु हुँदैन भन्ने सन्देश दिइएको थियो ।
शिवम् सिमेन्टका विज्ञापनहरूमा केवल प्रोडक्टको कुरा मात्र गर्ने भन्दा पनि सामाजिक मुद्दाहरुमा आवाज बुलन्द गर्ने शैली देखिन्छ । अब पनि कुनै विशेष विज्ञापनसहित शिवम्ले आफ्नो प्रोडक्टसँगै सृजनात्मकता र सामाजिक मुद्दामै ध्यान दिने बुझिएको छ । यसबारे थप विवरण छिट्टै सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण