विद्या भण्डारीसँग मन्त्रीदेखि यी नेता जाँदैछन् चीन भ्रमणमा
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले नेता, मन्त्री र सांसदहरूसहित चीनको साताव्यापी भ्रमणमा जाने भएकी छन्।
- भ्रमण टोली जेठ १० गते बेइजिङ प्रस्थान गर्नेछ, जहाँ उनीहरूले दुई सहरमा कार्यक्रममा भाग लिनेछन्।
- भ्रमणको क्रममा भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तयारी छ, तर अन्य भेटघाटहरू अझै खुलाइएको छैन।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेका केही नेता, मन्त्री र सांसदहरूसहित छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणमा जाने भएकी छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली जेठ १० गते चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गर्न लागेको हो ।
भण्डारीसँगै एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, नेतृ गोमा देवकोटा, पत्रकार महेन्द्र विष्टलगायत चीन जाने सूची बनेको बताइएको छ । उक्त टोलीले चीनको २ वटा सहरमा हुने कार्यक्रममा भाग लिने स्रोतको भनाइ छ ।
चीन भ्रमणका क्रममा भण्डारीले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बताइए पनि चिनियाँ नेताहरू कोकोसँग भेटवार्ता गर्ने भन्ने खुलेको छैन । भ्रमण टोलीमा रहेका एक नेताका अनुसार भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग समेत भेटवार्ता गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण