बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
फलोअप

विद्या भण्डारीसँग मन्त्रीदेखि यी नेता जाँदैछन् चीन भ्रमणमा

बुधबार, ०७ जेठ २०८२, १५ : ४३
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले नेता, मन्त्री र सांसदहरूसहित चीनको साताव्यापी भ्रमणमा जाने भएकी छन्।
  • भ्रमण टोली जेठ १० गते बेइजिङ प्रस्थान गर्नेछ, जहाँ उनीहरूले दुई सहरमा कार्यक्रममा भाग लिनेछन्।
  • भ्रमणको क्रममा भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तयारी छ, तर अन्य भेटघाटहरू अझै खुलाइएको छैन।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेका केही नेता, मन्त्री र सांसदहरूसहित छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणमा जाने भएकी छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली जेठ १० गते चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गर्न लागेको हो ।

भण्डारीसँगै एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, नेतृ गोमा देवकोटा, पत्रकार महेन्द्र विष्टलगायत चीन जाने सूची बनेको बताइएको छ । उक्त टोलीले चीनको २ वटा सहरमा हुने कार्यक्रममा भाग लिने स्रोतको भनाइ छ । 

चीन भ्रमणका क्रममा भण्डारीले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बताइए पनि चिनियाँ नेताहरू कोकोसँग भेटवार्ता गर्ने भन्ने खुलेको छैन । भ्रमण टोलीमा रहेका एक नेताका अनुसार भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग समेत भेटवार्ता गर्ने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप