किन चीन भ्रमणमा जाँदैछिन् पूर्वराष्ट्रपति भण्डारी ?
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको एक साता लामो भ्रमणमा जेठ १० गते जाने भएकी छिन्।
- चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा उनी भ्रमणमा जान लागेकी हुन्, सचिवालयले जनाएको छ।
- भ्रमणमा एमालेका नेताहरू पनि सहभागी हुने र उच्च राजनीतिक भेटघाट हुने कार्यक्रम रहेको छ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमणमा जाने भएकी छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी यही जेठ १० गते चीन भ्रमणमा जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले पुष्टि गरेको छ ।
‘जेठ १० गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ’, भण्डारीको सचिवालयले रातोपाटीसँग भन्यो, ‘कति सदस्यीय टोली र के के कार्यक्रम भन्ने निश्चित हुने क्रममै रहेको छ ।’ भण्डारीसँग नेकपा (एमाले) का केही नेताहरू समेत चीन भ्रमणमा जाने बताइएको छ ।
चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले उच्च राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम तय भएको छ, तर को कोसँग भेटवार्ता हुने भन्ने अहिलेसम्म खुलाइएको छैन ।
नेपालका कम्युनिस्टहरूबिच एकता हुनुपर्ने आवाज कम्युनिस्ट कार्यकर्तास्तरमा उठिरहेका बेला पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जान लागेकी हुन् ।
कम्युनिस्ट एकताको पक्षमा रहेकी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनसमेत प्रयासरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण