एनसेलले ल्यायो प्रिपेड ग्राहकका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याक

काठमाडौं । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू संचालनमा ल्याएको छ ।
एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू संचालनमा ल्याईएका हुन् ।
मंगलबारदेखि यी प्याकहरु लागू भएका छन् । भ्वाइस प्याक अन्तर्गत, ग्राहकहरूले सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरहरुमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक कर सहित मात्र रु ९९ मा लिन सक्छन् । हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले रु ९९ मा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैं अन प्याक लिन सक्छन् । यसैगरी डेटामात्र चाहने ग्राहकले रु १५० मा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्छन् ।
यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफै रिन्यु हुने व्यवस्था हो । जसले ग्राहकलाई बारम्बार प्याकहरु लिनपर्ने झन्झटबाट मुक्त बनाउँछ । ग्राहकहरूले *१२३*९# डायल गरी, एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेताहरूमार्फत यी प्याकहरू लिन सक्छन् ।
ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार सजिलै सेवाहरु रोजी झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याकहरु संचालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ । सेवाहरु निर्वाध रूपमा प्रयोग गर्न, प्रत्येक ७ दिनको रिन्यूअल अर्थात नविकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनु पर्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुशासन उल्लङ्घन गरेपछि रास्वपाले गर्यो एक पदाधिकारीलाई तीन दिन निलम्बन
-
भ्रष्टाचार मुद्दा लागेका बागमतीका मेयर थापा खनिए मिडियामाथि
-
जीवन शर्माको गीतमा प्रचण्ड, नारायणकाजी र पासाङ छमछमी नाचेपछि...
-
द्वन्द्वपीडित महिलाहरूको सङ्गठनद्वारा सत्य निरूपण आयोगको प्रक्रिया अस्वीकार
-
वाइसीएल बागमती प्रदेश अध्यक्षमा नरेश रञ्जित निर्वाचित
-
विद्यालय शिक्षा विधेयकमाथि समितिमा छलफल सुरु, निजी विद्यालय र ईसीडीबारे सांसदहरू गम्भीर