बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

सकियो ‘चमेलीको पोइ’को छायांकन

बुधबार, ०७ जेठ २०८२, १४ : ५७
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म 'चमेलीको पोइ' को छायाङ्कन ३४ दिनमा सकियो।
  • मुस्ताङको मुक्तिनाथ मन्दिरमा मंगलबार फिल्मको 'इन्डक्ल्याप' गरियो, छायाङ्कन नयाँ वर्षको अवसरमा सुरु भएको थियो।
  • मुकुन भुसाल, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहेको फिल्म पारिवारिक कथामा आधारित छ।

काठमाडौँ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’को छायाङ्कन सकिएको छ । ३४ दिनको नियमित छायाङ्कनपछि फिल्म सकिएको हो । मंगलबार मुस्ताङको मुक्तिनाथ मन्दिरमा फिल्मको ‘इन्डक्ल्याप’ गरिएको हो ।

नयाँ वर्षको अवसर पारेर वैशाख १ गते बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै शुभ साइत गरेको फिल्मले २ गतेदेखि मुस्ताङ पुगेर छायाङ्कन सुरु गरेको थियो ।

फिल्ममा मुकुन भुसाल, सुरक्षा पन्त, नारायण त्रिपाठी विल्सन विक्रम राई (तक्मे बुढो), रवीन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई (फुलन्देकी आमा), बविन राई (गल्फने), खड्गबहादुर पुन (खबपु), अनुश्का नारायण, मिरा गौतम, अनिल गुरुङ, गणेश गौतम, रितु मल्ल ठकुरी, धनलक्ष्मी बोहरा, मिरा आरएल शाही ठकुरी, प्रकाश कँडेल, विनोद बज्राचार्य, कपिल आचार्य, प्रदीपकुमार सापकोटा, सुनिता सापकोटा, रामनारायण उपाध्याय र निर्देशक बोहराको समेत अभिनय रहेको छ ।

 

एभरेस्ट सूर्य बोहरा फिल्मस्सँगको सहनिर्माणमा धनलक्ष्मी सिने मेकर्सको निर्माण रहने फिल्मका निर्मातामा सुनिता सापकोटा र रामनारायण उपाध्याय, कार्यकारी निर्मातामा उदयविक्रम राणा र रितु मल्ल ठकुरी रहेका छन् ।

प्रदीपकुमार सापकोटा, कपिल आचार्य, यमप्रसाद ओली, यम बराल, नारायण त्रिपाठी र सुदिप कुँवर सहनिर्माता रहेको फिल्म निर्देशक बोहरा स्वयम्ले लेखेका हुन । सहलेखनमा उनलाई शिवम् अधिकारीले सघाएका छन् ।

पारिवारिक कथानक ‘चमेलीको पोइ’ को गीतमा शम्भुजित बाँसकोटा, राजनराज शिवाकोटी र आशिष अविरलको संगीत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप