सकियो ‘चमेलीको पोइ’को छायांकन
सारांश
- एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म 'चमेलीको पोइ' को छायाङ्कन ३४ दिनमा सकियो।
- मुस्ताङको मुक्तिनाथ मन्दिरमा मंगलबार फिल्मको 'इन्डक्ल्याप' गरियो, छायाङ्कन नयाँ वर्षको अवसरमा सुरु भएको थियो।
- मुकुन भुसाल, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहेको फिल्म पारिवारिक कथामा आधारित छ।
काठमाडौँ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’को छायाङ्कन सकिएको छ । ३४ दिनको नियमित छायाङ्कनपछि फिल्म सकिएको हो । मंगलबार मुस्ताङको मुक्तिनाथ मन्दिरमा फिल्मको ‘इन्डक्ल्याप’ गरिएको हो ।
नयाँ वर्षको अवसर पारेर वैशाख १ गते बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै शुभ साइत गरेको फिल्मले २ गतेदेखि मुस्ताङ पुगेर छायाङ्कन सुरु गरेको थियो ।
फिल्ममा मुकुन भुसाल, सुरक्षा पन्त, नारायण त्रिपाठी विल्सन विक्रम राई (तक्मे बुढो), रवीन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई (फुलन्देकी आमा), बविन राई (गल्फने), खड्गबहादुर पुन (खबपु), अनुश्का नारायण, मिरा गौतम, अनिल गुरुङ, गणेश गौतम, रितु मल्ल ठकुरी, धनलक्ष्मी बोहरा, मिरा आरएल शाही ठकुरी, प्रकाश कँडेल, विनोद बज्राचार्य, कपिल आचार्य, प्रदीपकुमार सापकोटा, सुनिता सापकोटा, रामनारायण उपाध्याय र निर्देशक बोहराको समेत अभिनय रहेको छ ।
एभरेस्ट सूर्य बोहरा फिल्मस्सँगको सहनिर्माणमा धनलक्ष्मी सिने मेकर्सको निर्माण रहने फिल्मका निर्मातामा सुनिता सापकोटा र रामनारायण उपाध्याय, कार्यकारी निर्मातामा उदयविक्रम राणा र रितु मल्ल ठकुरी रहेका छन् ।
प्रदीपकुमार सापकोटा, कपिल आचार्य, यमप्रसाद ओली, यम बराल, नारायण त्रिपाठी र सुदिप कुँवर सहनिर्माता रहेको फिल्म निर्देशक बोहरा स्वयम्ले लेखेका हुन । सहलेखनमा उनलाई शिवम् अधिकारीले सघाएका छन् ।
पारिवारिक कथानक ‘चमेलीको पोइ’ को गीतमा शम्भुजित बाँसकोटा, राजनराज शिवाकोटी र आशिष अविरलको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण