शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
राष्ट्रियसभा बैठक

राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित

बुधबार, ०७ जेठ २०८२, १६ : २४
बुधबार, ०७ जेठ २०८२

काठमाडौँ । राष्ट्रियसभा बैठक एक सातासम्म स्थगित भएको छ । बुधबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक जेठ १४ गते सम्मका स्थगित गरिएको जानकारी दिए । 

आजको बैठकले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो ।  

त्यस्तै बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ टेबुल गरियो ।

सभामा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले विधेयक टेवुल गरेका थिए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप