आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्षमूनिका युवासँग अन्तरसंवाद गर्दै राप्रपा अध्यक्ष लिङ्देन
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेठ १५ गतेदेखि आन्दोलनको तयारी गरिरहेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएका छन्।
- कार्यक्रम 'अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा' जेठ १२ गते राष्ट्रिय सभागृहमा आयोजना हुनेछ। यसमा युवाका जिज्ञासा र प्रश्नहरूको समाधान गरिनेछ।
- राप्रपाले राजसंस्था, हिन्दू राष्ट्र पुनर्स्थापना, र संघीयता खारेजी लगायतका एजेन्डाहरूमा युवाहरूसँग छलफल गर्नेछ, जसमा युवाहरूलाई सहभागी हुन आमन्त्रित गरिएको छ।
काठमाडौं । वर्तमान व्यवस्था विरुद्ध जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरुको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्ष भन्दा मुनीका विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएका छन् ।
जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गर्ने उक्त कार्यक्रमको नाम 'अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा' दिइएको छ । सो कार्यक्रममार्फत युवाहरुमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरुको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले बताए ।
राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो ? अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नैपर्ने आवश्यक्ता किन हो ? राप्रपाले भनेको राजसंस्था कस्तो हो ? हिन्दू राष्ट्र पुनर्स्थापना र संघीयताको खारेजी गनुर्पर्ने कारण के हो ? आन्दोलनमा यूवा किन सहभागी हुने भन्नेजस्ता युवाका जिज्ञासालाई प्रत्यक्ष रुपमा अध्यक्ष लिङ्देनले जवाफ दिन लागेका हुन् । राप्रपाले बोकेका राजनीतिक एजेण्डाका साथै अन्य आर्थिक, सामाजिक एजेण्डा र नीति के के हुन् ? आन्दोलनपछिको मार्गचित्र के हो ? भन्ने बारेमा पनि युवाहरुले जिज्ञासा राख्नसक्ने गरि कार्यक्रमको ढाँचा तय गरिएको विभागका प्रमुख रिमालको भनाइ छ ।
राप्रपाले उक्त दिन राजनीतिक र गैरराजनीतिक सबै क्षेत्रका युवाहरुलाई आमन्त्रित गरेको छ । राप्रपा भन्ने बित्तिकै पुरानो पुस्ताको पार्टी हो भन्ने भ्रम चिर्नका लागि यो कार्यक्रम सहयोगी हुने राप्रपाले विश्वास लिएको छ। यसअघि पनि राप्रपाले प्रवुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग छलफल गरिरहेको छ भने १५ गतेको आन्दोलनलाई लिएर उपत्यकाव्यापी कार्यकर्ता भेलाहरु आयोजना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण