सुप्रिम सहकारी ठगी प्रकरण
बन्दीप्रत्यक्षीकरण रिट : सर्वोच्चमा लामिछानेका वकिलको बहस सकियो
बिहीबार, ०८ जेठ २०८२, १४ : ०६
_c2bi60uxuc_1zCIa5r1TU.jpg)
समाचार सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दामा बहस सकियो।
- वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले लामिछानेको तर्फबाट बहस गरे, समय अपुग भएपछि हेर्दाहेर्दैमा राखियो।
- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो, तर उच्च अदालतले थुनामा पठाएपछि सर्वोच्चमा निवेदन पेश भयो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी सर्वोच्च अदालतमा दायर रिटमा लामिछानेका वकिलहरुको बहस सकिएको छ ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका हुन् । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।
तर, उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा पठाएपछि यसविरुद्ध सर्वोच्चमा निवेदन पेश भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेत्राधिकार भन्दा बाहिर गएर परराष्ट्रले लेखेको पत्रको औचित्य छैन : शर्मा
-
यार्सा टिप्न गएका दुई जनाको मृत्यु
-
ज्ञानेन्द्रले फेरि गरे राजावादी नेताहरूसँग भेट, छलफलको विषय गोप्य राखियो
-
'यो अहिलेसम्मको सबैभन्दा कमजोर नीति तथा कार्यक्रम हो'
-
अख्तियारले अपनाएको शैलीः ‘टाउकोबाट अनुसन्धान’ गर्ने
-
कोशी प्रदेश वाइसिएलको अध्यक्षमा विक्रम बाबु फियाक निर्वाचित