सुप्रिम सहकारी ठगी प्रकरण
बन्दीप्रत्यक्षीकरण रिट : सर्वोच्चमा लामिछानेका वकिलको बहस सकियो
बिहीबार, ०८ जेठ २०८२, १४ : ०६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दामा बहस सकियो।
- वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले लामिछानेको तर्फबाट बहस गरे, समय अपुग भएपछि हेर्दाहेर्दैमा राखियो।
- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो, तर उच्च अदालतले थुनामा पठाएपछि सर्वोच्चमा निवेदन पेश भयो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी सर्वोच्च अदालतमा दायर रिटमा लामिछानेका वकिलहरुको बहस सकिएको छ ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका हुन् । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।
तर, उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा पठाएपछि यसविरुद्ध सर्वोच्चमा निवेदन पेश भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण