म्यानचेस्टर युनाइटेडले बर्खास्त गरे क्षतिपूर्ति दाबी गर्दिनँ : प्रशिक्षक रुबेन

काठमाडौँ । पछिल्लो समय इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको प्रदर्शन निराशाजनक छ । प्रिमियर लिगमा अत्यन्तै खराब प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेडले सिजनको अन्त्यतिर यूईएफए युरोपा लिगको उपाधि चुम्ने सम्भावना थियो ।
तर, म्यानचेस्टर युनाइटेड बुधबार राति खेलिएको युरोपा लिगको फाइनलमा समेत टोट्टनहामसँग ०–१ गोलले पराजित हुनु पग्यो । एकपछि अर्को निराशाजनक प्रदर्शनपछि प्रमुख प्रशिक्षक रुबेन अमोरिमको पद पनि धरापमा परेको छ ।
सन् २०२४ मा प्रमुख प्रशिक्षकको जिम्मेबारी समालेका रुबेनलाई म्यानचेस्टर युनाइटेडले जिम्मेवारीबाट हटाउने चर्चा पनि सुरु भएको छ । ४० वर्षीय प्रशिक्षक रुबेन आफैले पनि यो दबाब महसुस गरेका छन् । त्यसैले उनले आफ्नो पदीय जिम्मेबारीलाई लिएर एक अभिब्यक्ति सार्वजनिक गरेका छन् ।
उनले आफूलाई पदमुक्त गरिए म्यानचेस्टर युनाइटेडसँग क्षत्तिपूर्तिका लागि दाबी नगर्ने प्रतिक्रिया दिएका छन् । ‘म्यानचेस्टर युनाइटेडले पदबाट हटाए पनि म क्लबसँग क्षतिपूर्तिका लागि दाबी गर्दिन,’ पोर्चुगिज प्रशिक्षक रुबेनले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।
जारी सिजनको प्रिमियर लिगमा पनि म्यानचेस्टर युनाइटेडको अवस्था निरीह देखिन्छ । जारी सिजनमा सबै क्लबले एक–एक खेल खेल्न बाँकी रहँदा म्यानचेस्टर युनाइटेड केवल ३९ अंकसहित तालिकाको १६औँ स्थानमा आसिन छ ।
घरेलु लिगमा म्यानचेस्टर युनाइटेडले हालसम्म केवल १० जित हात पार्न सकेको छ । नौ खेलमा बराबरीमा रोकिएको म्यानचेस्टर युनाइटेड १८ खेलमा पराजित भएको छ । यो सिजनको लिगमा विपक्षीको पोष्टमा केवल ४२ गोल गरेको म्यान युनाइटेडले ५४ गोल खाइसकेको छ ।
घरेलु लिगमा म्यानचेस्टर युनाइटेडको यो सबैभन्दा खराब प्रदर्शन हो । गत नोभेम्बरमा रुबेनले प्रमुख प्रशिक्षकको जिम्मेबारी समाल्दा म्यानचेस्टर युनाइटेड प्रिमियर लिग तालिकामा च्याम्पियन्स लिगको दौडबाट केवल सात अंक पछाडि थियो ।
तर, अहिले म्यान युनाइटेड च्याम्पियन्स लिग छनोटको दौडबाट २७ अंकले पछाडि परिसकेको छ । के तपाइँ यो सिजन म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शनको जिम्मेबारी लिन तयार हुनुहुन्छ ? भनि सञ्चारकर्मीले सोधेको एक प्रश्नको जवाफमा उनले अमुर्त जवाफ दिएका छन् ।
‘यो वर्षको क्लबको प्रदर्शन कस्तो रह्यो भन्ने विषयमा म जानकार छु । यसमा कसको कति दोष छ भन्ने विषयमा पछि कुरा गरौँला । तर, ममाथि कुनै आरोप लाग्छ भने त्यसको जिम्मेबारी लिन म तयार छु,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता सुरू
-
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखमाथि दलियो कालोमोसो
-
पत्रकार महासङ्घ काठमाडौँले बुझायो महानगरसहित ११ पालिकालाई ध्यानाकर्षणपत्र
-
क्षेत्राधिकार भन्दा बाहिर गएर परराष्ट्रले लेखेको पत्रको औचित्य छैन : शर्मा
-
यार्सा टिप्न गएका दुई जनाको मृत्यु
-
‘माओवादी फुर्को’ले साना वाममा ठुलो पहिरो, नेसपामा सम्बन्ध बिग्रियो