द्वन्द्वपीडितको कार्यक्रममा लफडा, बिचबाटै किन बाहिरिए पूर्व प्रधानमन्त्री भट्टराई ? (भिडिओ)
सारांश
- काठमाडौंमा मानव अधिकार र लोकतन्त्रबारेको छलफलमा डा. बाबुराम भट्टराईको अभिव्यक्तिलाई लिएर विवाद भयो।
- भट्टराईले माओवादी युद्धको हताहतीबारे विवादास्पद अभिव्यक्ति दिएपछि द्वन्द्वपीडितहरूले आपत्ति जनाए।
- विवाद बढेपछि डा. भट्टराई कार्यक्रमस्थलबाट बाहिरिए।
काठमाडौँ । नेपाल मानवअधिकार सङ्गठनले बिहीबार काठमाडौँमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा सङ्क्रमणकालीन न्यायको असर विषयक नागरिक स्तरीय छलफलमा लफडा भएको छ ।
नेपाल समाजवादी पार्टी(नेसपा नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा भएको हो । कार्यक्रममा बोल्दै डा.भट्टराईले विवादास्पद अभिव्यक्ति दिएपछि द्वन्द्वपीडितहरुले आपत्ति जनाएका थिए । भट्टराईले माओवादी युद्धमा भएको हताहतिलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका थिए ।
उनले अन्य देशमा ठुला क्रान्ति हुँदा द्वन्द्व हुँदा लाखौं मारिने, तर नेपालमा १७ हजार मात्रै मारिएको बताएपछि द्वन्द्वपीडितहरु आक्रोशित भए ।
उनको अभिव्यक्तिपछि आफूलाई द्वन्द्वपीडित बताउने सहभागीले प्रश्न गर्दै भने, ‘तपाईंले अरुतिर धेरै मानिस मरेको भन्नु भयो के नेपालमा अझै मान्छे मर्नु पर्थ्यो भन्नुभएको हो ? पूर्वप्रधानमन्त्रीले बोलेको यही हो ?’
त्यसपछि डा.भट्टराई कार्यक्रमस्थलबाट बाहिरिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण