नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । बिहीबारको औपचारिक कार्यक्रममा उनले डेपुटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
यस अघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए । नवनियुक्त अध्यक्ष उप्रेतीसँग केन्द्रीय बैङ्कको विभिन्न विभागमा २७ वर्ष भन्दा बढी काम गरेको अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री हासिल गरेका छन् । हाल उनी राष्ट्र बैङ्कको गैर बैङ्क वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा आबद्ध छन् ।
नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैङ्क, वाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैङ्क र बैङ्क तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु