नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । बिहीबारको औपचारिक कार्यक्रममा उनले डेपुटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
यस अघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए । नवनियुक्त अध्यक्ष उप्रेतीसँग केन्द्रीय बैङ्कको विभिन्न विभागमा २७ वर्ष भन्दा बढी काम गरेको अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री हासिल गरेका छन् । हाल उनी राष्ट्र बैङ्कको गैर बैङ्क वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा आबद्ध छन् ।
नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैङ्क, वाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैङ्क र बैङ्क तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण