प्रहरीले अनुसन्धान गरेको ७ वटा सम्पत्ति शुद्धीकरण मुद्दा अदालतमा
सारांश
- प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी ७ वटा मुद्दाको अनुसन्धान पूरा गरेको छ।
- पछिल्लो १ वर्षमा ७ वटा मुद्दा अदालतमा दर्ता भएका छन्, प्रहरी प्रवक्ताले जानकारी दिए।
- सम्पत्ति शुद्धीकरण निवारण ऐन २०८० संशोधनपछि प्रहरीले अनुसन्धानको जिम्मेवारी पाएको हो।
काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धान गर्ने अधिकार पाएसँगै प्रहरीले थालेको सम्पत्ति शुद्धीकरण सम्बन्धी ७ वटा मुद्दाको अनुसन्धान पुरा गरेको छ । पछिल्लो १ वर्षमा ७ वटा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाइएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले बताए । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘पछिल्लो १ वर्षमा ७ वटा सम्पत्ति शुद्धीकरण मुद्दा अदालतमा दर्ता भएको छ ।’
केन्द्रीय अनुसन्धान ब्युरो सहितका कार्यालयमा २३ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको थापाले बताए । उनले भने, ‘अन्य निकायबाट पनि अनुसन्धानको लागी फाइल पठाउने काम भइरहेको छ ।’
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०८० चैत ३० मा संशोधन गरेसँगै प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान जिम्मेवारी पाएको थियो । ऐन संशोधनसँगै अनुसन्धान र अभियोजन गर्ने निकायलाई ‘सम्बद्ध कसुरसँग’ जोडिए मुद्दा चलाउन पाउने अधिकार दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण