शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

प्रहरीले अनुसन्धान गरेको ७ वटा सम्पत्ति शुद्धीकरण मुद्दा अदालतमा

२३ मुद्दामा अनुसन्धान गरिँदै
शुक्रबार, ०९ जेठ २०८२, २२ : ११
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी ७ वटा मुद्दाको अनुसन्धान पूरा गरेको छ।
  • पछिल्लो १ वर्षमा ७ वटा मुद्दा अदालतमा दर्ता भएका छन्, प्रहरी प्रवक्ताले जानकारी दिए।
  • सम्पत्ति शुद्धीकरण निवारण ऐन २०८० संशोधनपछि प्रहरीले अनुसन्धानको जिम्मेवारी पाएको हो।

काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धान गर्ने अधिकार पाएसँगै प्रहरीले थालेको सम्पत्ति शुद्धीकरण सम्बन्धी ७ वटा मुद्दाको अनुसन्धान पुरा गरेको छ । पछिल्लो १ वर्षमा ७ वटा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाइएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले बताए । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘पछिल्लो १ वर्षमा ७ वटा सम्पत्ति शुद्धीकरण मुद्दा अदालतमा दर्ता भएको छ ।’

केन्द्रीय अनुसन्धान ब्युरो सहितका कार्यालयमा २३ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको थापाले बताए । उनले भने, ‘अन्य निकायबाट पनि अनुसन्धानको लागी फाइल पठाउने काम भइरहेको छ ।’

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०८० चैत ३० मा संशोधन गरेसँगै प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान जिम्मेवारी पाएको थियो । ऐन संशोधनसँगै अनुसन्धान र अभियोजन गर्ने निकायलाई ‘सम्बद्ध कसुरसँग’ जोडिए मुद्दा चलाउन पाउने अधिकार दिइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप