सवारी चालक अनुमति पत्र सुरक्षण मुद्रण केन्द्रले छाप्ने
सारांश
- यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच चालक अनुमति पत्र छपाइ सम्झौता भएको छ। यसअनुसार अब मुद्रण केन्द्रले लाइसेन्स छाप्नेछ।
- मन्त्रीको निर्देशनपछि विभाग र मुद्रण केन्द्रबीच सहकार्य भएको हो, जसले नागरिकलाई छिटो लाइसेन्स उपलब्ध गराउने अपेक्षा गरिएको छ।
- सम्झौताअनुसार, सुरक्षण मुद्रण केन्द्रले असार मसान्तभित्र पहिलो चरणको छपाइ गरी विभागलाई हस्तान्तरण गर्नेछ।
काठमाडौँ । सवारी चालक अनुमति पत्रको छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यस सम्बन्धमा यातायात व्यवस्था विभाग र केन्द्रबिच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्र मार्फत चालक अनुमति पत्र छपाई गर्ने भएको हो ।
नवीकरण गरिएको समेत लामो समय सम्म सवारी चालक अनुमति पत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले विभागलाई पटक पटक निर्देशन दिएका थिए ।
तत्काल अनुमति पत्र नपाउँदा राजश्व तिरेको रसिद बोकेर हिँड्नु पर्ने बाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमति पत्र समावेश समेत गरिएको छ ।
हाल सोही एप मार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने कार्य समेत गर्दै आएको छ । दिगो समाधानका लागि समयमानै सवारी चालक अनुमति पत्र छपाई नै गर्नु पर्ने भन्दै मन्त्री दाहालले चुस्त र छिटो सेवा उपलब्ध गराउने विकल्प खोजी गर्न निर्देशन दिएका थिए ।
सरकारी निकायहरू बिचमा नै सहकार्य गरी सवारी चालक अनुमति पत्र छपाईको विकल्प खोजी गर्ने क्रममा केही दिनअघि दुवै मन्त्रालयका सचिव सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबिच छलफल समेत भएको थियो ।
दुई सरकारी निकाय बिचको सहकार्यले सवारी चालक छपाई कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ । दुवै पक्ष बिच भएको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्त भित्रमा प्रथम चरणको छपाई गरी विभागलाई हस्तान्तरण गर्ने छ ।
समझदारी पत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले हस्ताक्षर गरेका छन् ।
अब सुरक्षण मुद्रण केन्द्रले क्युआर सहितका विभिन्न सुरक्षा विशेषता सहितको सवारी चालक अनुमति पत्र छपाई गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण