‘दुई लाखको काम पनि प्रदेश र केन्द्रबाट हुन्छ, हामीलाई थाहै हुँदैन’

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाका कार्यबाहक नगर प्रमुख कृष्णहरि आचार्यले केन्द्र तथा प्रदेशले वडाभित्रका आयोजना सञ्चालन गर्दा स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरेको गुनासो गरेका छन् ।
राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी) को आयोजनामा ‘गाउँ–गाउँमा सिंहदरबार’को सार्थकताको विषयमा आयोजना गरेको कार्यक्रममा मध्यपुर–३ का वडाध्यक्ष समेत रहेका उनले माथिल्ला सरकारले वडाका प्रतिनिधिलाई नटेर्ने प्रवृत्ति सबैभन्दा ठूलो समस्या रहेको बताएका हुन् ।
‘केन्द्र सरकार र प्रदेश सरकारले २ लाखका योजना पनि माथिबाटै हाल्छन्, कुन ठेकेदार आएर काम गर्छ, कसको बजेटमा गर्छ भन्ने पनि हामीलाई थाहा हुँदैन,’ उनले भने, ‘हामी वडाका जनप्रतिनिधि राती १२ बजे पनि खट्नुपर्छ, हामीलाई एक रुपैयाँ खर्च गर्ने अधिकार पनि छैन ।’ उनले स्थानीय तहमा समेत वडाले राजश्व उठाएर पालिकालाई बुझाउनुपर्ने भए पनि खर्च गर्ने अधिकार भने नभएको गुनासो गरे ।
मध्यपुर थिमि–३ ले सेवाग्राहीका ९० प्रतिशत काम वडाबाटै गर्ने व्यवस्था गरेको जनाएको छ । हालसम्म नक्सापासका लागि मात्रै नगरपालिका जानुपर्ने व्यवस्था रहेकोमा त्यसलाई समेत वडामै ल्याउने तयारी भइरहेको आचार्यको भनाइ छ ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव चिरञ्जिवी तिम्सिनाले देशभरका धेरै स्थानीय तहले राम्रो काम गरेको भन्दै त्यस अनुसार जिम्मेवारी समेत बढाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले पनि स्थानीय तहलाई क्षमताको आधारमा जिम्मेवारी दिने नीति लिएको भन्दै त्यसका लागि आवश्यक कानून बनिरहेको र केही बन्ने चरणमा रहेको उल्लेख गरे ।
कार्यक्रममा पत्रकार तथा राजनीतिक विश्लेषक सुदर्शन आचार्यले कतिपयमा फर्जी कार्य र अनियमितता भइरहेकोले राम्रो काम गर्ने वडाले त्यसको मूल्य चुकाउनुपरेको उल्लेख गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले संविधानले प्रत्याभूत गरेका स्थानीय तहका अधिकार प्राप्तिका लागि स्थानीय तहले सशक्त आवाज उठाउनुपर्ने भन्दै यसका लागि निरन्तर बहस गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट