सुनिताको गीत ‘जाली रुमाल’ सार्वजनिक
शनिबार, १० जेठ २०८२, १५ : ४९
काठमाडौँ । गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक गरिएको छ । श्रीमान् बिदेसिएपछि श्रीमतीको मनमा उब्जने पीडा रुपी भावनाहरू गीतको शब्दमा समेटिएका छन् । गीतमा शब्द तथा संगीत निलम रोजु राईको छ । गीतको एरेन्ज मनोज थापाले गरेका हुन् ।
गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा उत्तम राई, अनुषा राई, अवि राई र सोवा तामाङको अभिनय छ । गीतको भिडियोले श्रीमान् रोजगारीको लागि घरबाट टाढा रहँदा श्रीमतीमा कस्तो पीडा हुन्छ भनेर देखाइएको छ ।
किरण राईले निर्देशन गरेको गीतको भिडियो योगेन्द्र पेवाङ राईले निर्माण गरेका हुन् । तुलसा लिम्बुको छायाङ्कन रहेको भिडियोमा सम्पादन सरोज खालिङ राईको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण