शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

सुनिताको गीत ‘जाली रुमाल’ सार्वजनिक

शनिबार, १० जेठ २०८२, १५ : ४९
शनिबार, १० जेठ २०८२

काठमाडौँ । गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक गरिएको छ । श्रीमान् बिदेसिएपछि श्रीमतीको मनमा उब्जने पीडा रुपी भावनाहरू गीतको शब्दमा समेटिएका छन् । गीतमा शब्द तथा संगीत निलम रोजु राईको छ । गीतको एरेन्ज मनोज थापाले गरेका हुन् ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा उत्तम राई, अनुषा राई, अवि राई र सोवा तामाङको अभिनय छ । गीतको भिडियोले श्रीमान् रोजगारीको लागि घरबाट टाढा रहँदा श्रीमतीमा कस्तो पीडा हुन्छ भनेर देखाइएको छ ।

किरण राईले निर्देशन गरेको गीतको भिडियो योगेन्द्र पेवाङ राईले निर्माण गरेका हुन् । तुलसा लिम्बुको छायाङ्कन रहेको भिडियोमा सम्पादन सरोज खालिङ राईको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप