१० वर्षपछि जब राजेश हमाल अष्टनारायण हल पुगेँ...
काठमाडौँ । अभिनेता राजेश हमालको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । राजेश ८ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा फर्किएको कारण पनि फिल्मको सुरुवाती व्यवसाय राम्रो देखिएको छ ।
फिल्मले प्रदर्शनको २ दिन शुक्रबार र शनिबार उत्साहजनक व्यवसाय गरेको वितरक करण श्रेष्ठ बताउँछन् । ‘फिल्मको शुक्रबार बिहानी शोमा ४० प्रतिशत अकुपेन्सी देखिएपनि दिउँसोदेखि साँझसम्म ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको थियो ।
शनिबार भने बिहानी शोबाट नै नरसिंहा अवतारमा दर्शकको उत्साहजनक साथ मिल्यो’, वितरक श्रेष्ठ भन्छन् ‘काठमाडौँ उपत्यकामा मात्रै होइन, मोफसलका हलमा पनि फिल्मको व्यवसाय राम्रो देखिएको छ ।’ फिल्मले प्रतिक्रिया समेत राम्रो पाएको श्रेष्ठ को भनाई छ ।
शनिबार दर्शकसँग साक्षात्कार गर्न अभिनेता हमाल अष्टनारायण हल पुगेका थिए । उनी त्यहाँ पुग्दा करिब १ हजार बढी दर्शकले फिल्म हेरिरहेका थिए । फिल्म हेरिरहेका दर्शक अगाडी महानायक हमाल पुग्दा दर्शकले ताली र सिठ्ठी सहित स्वागत गरेका थिए । जहाँ हमालले दर्शकसँग फिल्मको बारेमा प्रतिक्रिया लिँदै सेल्फी खिच्न तछाड मछाड नै चलेको थियो ।
करिब १० वर्षपछि अष्टनारायण हल पुग्दा हमाल पनि उत्साहित देखिन्थे । उनले हलको स्टेजमा फिल्मको गीत ‘ अच्छा लेकिन लण्डनको चिसोले समाउला’मा नृत्य समेत गरेर दर्शकलाई मनोरञ्जन गराए ।
हमालले अष्टनारायणबाट फकिँदै गर्दा मिडियासँग भने, ‘१० वर्षपछि सिंगल स्क्रिनका दर्शक भेट्न पाउँदा पुराना दिन ताजा भयो ।’
क्रियटिभ सिने आट्र्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा बनेको फिल्ममा राजेशको अलवा राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारको अभिनय छ ।
_kGH3AESKCE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण