भिजिट भिसा प्रकरण
गृहमन्त्रीलाई रास्वपाको जवाफ : प्रमाणित भए जेल जानुपर्छ
आइतबार, ११ जेठ २०८२, १७ : १०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नताको अभिव्यक्तिको खण्डन गरेको छ।
- रास्वपाका अनुसार, यदि गृहमन्त्रीको संलग्नता प्रमाणित भएमा उनले जेल जानुपर्ने र राजनीति स्वतः छोड्नुपर्ने बताएको छ।
- पार्टी प्रवक्ता मनिष झाले गृहमन्त्रीको भनाइको अर्थ नभएको र प्रमाणित भए जेल जानुपर्ने धारणा राखे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीति छाड्ने भनेर दिएको अभिव्यक्तिको कुनै अर्थ नभएको बताएको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीति छाड्छु भनेर दिएको अभिव्यक्तिको कुनै अर्थ नभएको भन्दै प्रमाणित भए जेल जानुपर्ने र त्यसवेला राजनीति स्वाभाविक रूपमा छोडिने बताएका हुन् ।
‘प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जाने हो । प्रमाणित भएपछि जेल त जानैपर्छ । त्यसका लागि राजनीति नछाडि हुँदैहुदैन’, झाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण