अर्जुन र विन्दुको स्वरमा पुर्वेली गीत ‘गैदिउँ भागेर’ सार्वजनिक
काठमाडौँ । रंगपत्रकार भोला अधिकारीको शब्द रहेको पुर्वेली गीत ‘गैदिउँ भागेर’ सार्वजनिक भएको छ । गीतमा अर्जुन घिमिरे र विन्दु परियारले स्वर दिएका छन् । गीतको लय रविन अधिकारीले तयार गरेका हुन् भने केबी भण्डारीको एरेन्ज छ ।
ओखलढुङ्गा, पोकली झरना, उदयपुर, सप्तकोशीदेखि धनकुटासम्मका सेरोफेरो गीतका शब्दमा समेटिएको छ । माया प्रेमका भावमा प्रकृति र ठाउँ विषेशलाई गीतको शब्दमा उनिएको छ । पुर्वेली गीतहरू प्रायः गाउँ ठाउँको परिवेशलाई आधार मानेर नै गीत गाउने गरिन्छ । सोहीअनुसार नै गीतकार अधिकारीले आफ्ना भाव पोखेका छन्।
गीतको भिडियोमा गायक घिमिरे आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा गीतु पराजुली र सन्तोष बराइलीले साथ दिएका छन् । भिडियोमा दीपेश एसकेको कोरियोग्राफी तथा निर्देशन छ । प्रेम लामाको छायांकन रहेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
गीतकार सुवेदीका यसअघि ‘पूर्वै मोरङको’, ‘रुमाल फाटिगो’ लगायत एक दर्जन गीत सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण