‘परिवर्तन’ निर्माण घोषणा, मुख्य भूमिकामा र सुशीलसँगै अञ्जना
काठमाडौँ । फिल्म ‘परिवर्तन’ निर्माण घोषणा गरिएको छ । ‘परिवर्तन’मा तीन दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रमा सक्रिय विजय केरुङको निर्देशन रहेनछ ।
फिल्म इमानदार प्रहरी अफिसरको कथामा निर्माण हुन लागेको हो । फिल्मले कानुन प्रतिको कर्तव्य र प्रेमप्रतिको दायित्वबिचको सङ्घर्ष भन्नेछ । फिल्मले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो र गरिब, दुखी तथा असहाय जनताको पीडादायी यथार्थसमेत देखाउने दाबी गरिएको छ ।
फिल्मका लागि अञ्जना बराइली र सुशील श्रेष्ठ मुख्य भूमिकामा अटाएका छन् । ‘आउटलः दफा २१९’बाट एक्सन अभिनेताका रूपमा पुनरागमन गरेका सुशील श्रेष्ठका लागि निर्देशक केरुङले ‘परिवर्तन’ अर्को माइलस्टोन साबित हुने दाबी गरेका छन् ।
‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता सफल फिल्ममा काम गरिसकेकी अञ्जनाको ‘महाभोज’ रिलिज हुँदैछ ।
फिल्ममा सुशील र अञ्जनाको अलवा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारको पनि अभिनय रहनेछ ।
दिब्यासी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता दीपक सिवाकोटी हुन् । कथा समेत सिवाकोटीकै रहेको फिल्ममा पटकथा तथा संवाद शिवम अधिकारीको रहेको छ ।
शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, कमल राईको नृत्य फिल्ममा रहनेछ । फिल्मको ‘परिवर्तन’ छायाङ्कन आगामी हप्ताबाट सुरु हुने बताइएको छ । पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा छायाङ्कन हुने फिल्मको प्रदर्शन यसै वर्षभित्र हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण