दक्षिण भारतका यी राज्यहरूमा भारी वर्षासम्बन्धी रेड अलर्ट जारी
सोमबार, १२ जेठ २०८२, १० : १८

समाचार सारांश
- भारतीय मौसम विज्ञान विभागले कर्नाटक, केरला र तमिलनाडुमा रेड अलर्ट जारी गरेको छ।
- यी राज्यहरूमा सोमबार भारी वर्षाको चेतावनी दिइएको छ भने राजस्थानमा लूको चेतावनी जारी गरिएको छ।
- बिहार, मध्य प्रदेश र महाराष्ट्रमा पनि तेज हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
नयाँ दिल्ली । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले दक्षिण भारतका तीन राज्यहरू कर्नाटक, केरला र तमिलनाडुको लागि रेड अलर्ट जारी गरेको छ ।
यी राज्यहरूमा सोमबार भारी वर्षाको चेतावनी जारी गरिएको छ । मौसम विभागले राजस्थानमा लूसम्बन्धी चेतावनी समेत जारी गरेको छ ।
साथै, बिहार, मध्य प्रदेश र महाराष्ट्रमा पनि तेज हावासँगै वर्षा हुने अनुमान गरिएको छ । आगामी दिनहरूमा दक्षिणपश्चिम मनसुन मध्य अरब सागरका केही अरू भागहरू, महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, तमिलनाडु, बंगालको खाडी र उत्तरपूर्वी राज्यका हिस्साहरूमा अगाडि बढ्नको लागि अनुकूल अवस्था रहेको पनि विभागले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
-
कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट