पोखराको पर्यटन जोगाउन प्याराग्लाइडिङ उडान सार्ने निर्णय लिएका हौँ

समाचार सारांश
- पोखरामा प्याराग्लाइडिङ उडानलाई तोरीपानीमा सार्ने निर्णय, एक महिना परीक्षणकालका लागि, अन्तर्राष्ट्रिय उडानलाई असर नपर्ने गरी व्यवस्थापन गरिनेछ।
- विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै आइएफआर उडान हुँदा प्याराग्लाइडिङ बन्द गरिने, भीएफआर अवस्थामा समन्वय गरी सञ्चालन गर्ने सहमति भएको छ।
- उडान सुरक्षालाई प्राथमिकता दिँदै, प्राधिकरणले व्यवसायी र पाइलटलाई तोकिएका शर्तहरू पालना गर्न निर्देशन दिएको छ, पोखराको पर्यटन उद्योगलाई जोगाउने लक्ष्य राखिएको छ।
सन् १९९५ भन्दा पहिलेदेखि नै पोखरामा प्याराग्लाइडिङ सुरु भएको थियो । पोखरामा पुरानो विमानस्थलबाट प्याराग्लाइडिङ साइट अलि टाढा थियो । सराङकोट, मान्द्रेढुंगा र तोरीपानीबाट पनि गतिविधि हुन्थे, बढी सराङकोटबाट हुन्थे । पोखरामा ६० भन्दा बढी कम्पनीले सराङकोटबाट टेकअफ गरेर फेवाताल साइडमा ल्यान्डिङ गर्थे । त्यो बेला आन्तरिक उडानमात्र पोखरामा भएका हुन् । सानो जहाज, ४२ सिट क्षमताका जहाज र ७२ सिटमा केही क्षमता घटाएर उडान गरायौँ । त्यो बेला भीएफआर फ्लाइट हुन्थ्यो । भिजिविलिटी आएपछि मात्रै विमानस्थल खुल्थे ।
डोमेस्टिक एयरपोर्ट सानो भएकाले पोखरा एयरपोर्टको एयर स्पेस (कन्ट्रोल जोन) १० नटिकल माइलमात्रै थियो । सन् २०२३ जनवरीपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । यो ठुलो विमानस्थल हो । यसमा आइएफआर र भीएफआर दुवै उडान हुन्छ । यसका लागि ठुलो एयर स्पेस चाहिन्छ । पुरानोभन्दा नयाँ एयरपोर्ट पूर्वतिर छ । त्यता प्याराग्लाइडिङ उडाउन सकिएन । त्यसपछि सराङकोटको टेकअफ र फेवाताल किनारको ल्यान्डिङ पश्चिमतिर सार्यौँ ।
यो बिचमा पोखरा एयरपोर्ट सञ्चालन भइसकेपछि अन्तर्राष्ट्रिय उडान हुने भयो । राज्यको अर्बौँ लगानी भएको विमानस्थलको बिजनेसलाई असर गर्ने गरी सराङकोटबाट प्याराग्लाइडिङ उड्न दिने अवस्था थिएन । प्याराग्लाइडिङ पोखराको पहिचान हो । त्यसैले सिफ्ट गरेर नियमित उडानको अवसर दियौँ ।
नागरिक उड्डयन प्राधिकरणले पर्यटन मन्त्रालयबाट पोखरा एयरपोर्टमा फ्लाइट गर्ने एयरलाइन्स कम्पनीलाई २०८३ भदौ मसान्तसम्म सबै कर छुट गर्ने र अन्य छुटको प्याकेज घोषणा गर्दा पनि सोचे अनुरूप अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको उडान हुन सकेन । अहिले चीनबाट सिचुआन र हिमालय एयरलाइन्सले चार्टर उडान गरेका छन् । सोचे अनुरूप उडान हुन नसकेको एउटा कारण र स्थानान्तरणपछि प्याराग्लाइडिङको व्यापारमा परेको असरलाई मूल्याङ्कन गरेर पोखरा एयरपोर्टको कन्ट्रोल एरियालाई असर नपर्ने गरी प्याराग्लाइडिङ उडान तोरीपानीमा सार्ने निर्णय गर्यौँ ।
यो एक महिना परीक्षणकाल हो । एक महिनाको गतिविधिलाई दैनिक पोखरा विमानस्थलमा रिपोर्ट पेस गर्ने र साप्ताहिक रूपमा प्राधिकरणको प्रधान कार्यालयमा रिपोर्टिङ गर्ने भनिएको छ ।
एउटा अध्ययन कमिटी पनि बनेको थियो । उक्त कमिटीले पोखरामा गएर विमानस्थल, व्यवसायीसँग छलफल गरेर यो सिफारिस गरेको हो । खासगरी पामेको ल्यान्डिङ टाढा भएको र त्यहाँ ल्याण्ड गर्न अप्ठ्यारो भएको सुझाव प्राधिकरणमा आयो । हामीले भर्टिकल लिमिटलाई रेस्ट्रिक्सन गरेर अहिलेको पामेको ल्याण्डिङलाई इण्ड अफ द लेकमा सारेपछि आकाशमा उड्दै गर्दा २०२३ भन्दा पहिलेकै जस्तो हुने भयो । तालको दृश्य पनि देखिने र अर्कोतिर तालको नजिकै हुँदा थर्मलका कारण ल्यान्डिङ गर्न सहज हुने राय आएपछि पोखराको विमानस्थलसँग निरन्तर सम्पर्कमा रहेर प्याराग्लाइडिङको जोनमा हुने प्रत्येक गतिविधिलाई निगरानी गरेर चल्ने गरी खुला गरिएको हो । विशेषगरी आइएफआर भएको अवस्थामा प्याराग्लाइडिङ बन्द गर्ने र भीएफआर भएको बेला सम्पर्कमा रहेर सञ्चालन गर्ने सर्त दिएका छौँ ।
यो एक महिना परीक्षणकाल हो । एक महिनाको गतिविधिलाई दैनिक पोखरा विमानस्थलमा रिपोर्ट पेस गर्ने र साप्ताहिक रूपमा प्राधिकरणको प्रधान कार्यालयमा रिपोर्टिङ गर्ने भनिएको छ । २०२३ मा त्यहाँबाट सारिसकेपछि पुराना पाइलटलाई त थाहा छ, नयाँ पाइलटलाई अभिमुखीकरण गरेर पठाएका छौँ । हामी ‘पर्ख र हेर’ अवधिमा छौँ । प्राविधिक रूपमा सबै कुरा मिल्ने भयो भने सबै कुरा हेरेर खुला गर्छौं । खासगरी अन्तर्राष्ट्रिय उडान पनि असर नपरोस् र पोखराको पर्यटनमा पनि असर नपरोस् भन्ने हिसाबले यो निर्णयमा प्राधिकरण पुगेको छ ।
प्याराग्लाइडिङ भनेको प्याराग्लाइडिङमा मात्रै सीमित छैन । प्याराग्लाइडिङ गर्न जानेहरूबाट राम्रो पर्यटन विकास हुन्छ । निगरानी बढाएर काम गर्न सकिन्छ भने पोखराको पर्यटन पनि बचाउन सकिन्छ । पोखरालाई भ्रमण वर्ष घोषणा गरिएको छ, राजधानी घोषणा गरिएको छ । पुरानो अध्ययनलाई पनि रिभ्यु गरेका छौँ । यो हदसम्म व्यापार बिग्रिन्छ भन्ने सोचेका थिएनौँ । पोखराको पर्यटन उद्योगलाई जोगाउन प्याराग्लाइडिङ पनि अभिन्न अङ्ग हो भन्ने हिसाबले सुरु गरेका छौँ । एक महिनाको रिभ्युमार्फत बाँकी निर्णयमा पुग्छौँ ।
मुख्य कुरा उडान सुरक्षा हो । चाहे विमान होस्, चाहे प्याराग्लाइडिङ, दुवैमा यात्रु चढ्ने हो । उडान सुरक्षा प्राधिकरणको प्रथम कर्तव्य हो ।
पोखरामा हुने उडान सुरक्षामा सम्झौता हुँदैन । चाहे वायुयान होस्, चाहे हट एयर बेलुन होस्, चाहे अल्ट्रालाइट होस्, चाहे प्याराग्लाइडिङ होस् । उडानमा भीएफआर र आइएफआर दुई वटा कण्डिसन छ । पुरानो विमानस्थलमा भीएफआर मात्रै हुन्छ, उपकरण छैन । नयाँ विमानस्थलमा भीएफआर पनि छ, आइएफआर पनि छ । प्याराग्लाइडिङ भनेको भीएफआरमा हुन्छ । मौसम बिग्रेपछि उडान पनि मनाही छ, ल्यान्डिङ पनि मनाही छ । तसर्थ आइएफआरमा ल्याण्ड गर्ने अवस्थामा प्याराग्लाइडिङ उड्न दिइँदैन । पूर्णतः रोकिन्छ । कुनै गतिविधि हुँदैन । मौसम क्लियर छ भने विमानस्थलसँग समन्वय र सम्पर्क गरेर सञ्चालन गर्ने सहमति हो । पोखरा विमानस्थल टावरसँग र नेपाल हवाई खेलकुद संस्था (ना)को कन्ट्रोल सेन्टरसँग समन्वय गर्नुपर्छ । कुनै पाइलटले तोकिएको जोनभन्दा बाहिर गयो भने तुरुन्त चेतावनी दिएर जोनभित्र ल्यान्डिङ गराउनुपर्छ । हामीले ९–१० बुँदा दिएका छौँ, त्यसलाई पालना गरे उडान सुरक्षामा असर पर्दैन ।
प्राविधिक हिसाबले सबै मापदण्ड पूरा हुने भएकाले खुला गरेका हौँ । तर १ महिने रिभ्यु हेर्छौँ र थप निर्णय लिन्छौँ । दोस्रो कुरा, सराङकोटबाट चाहिँ अहिले नै टेकअफ सम्भव छैन । व्यवसायीले सराङकोटबाट टेकअफ गर्न पाए राम्रो हुन्थ्यो भनेर माग गर्नुभएको छ । प्राधिकरण यसमा सिरियस छ, तर अहिले नै सम्भव हुने वा नहुने भनेर अध्ययन गरिएको छैन । पुरानो अध्ययनले यहाँबाट उडान सम्भव छैन भन्ने नै राय हो । टेकअफ उचाइबाट हुन्छ, जति विमानस्थल नजिक भयो त्यति भर्टिकल क्लियरेन्स बढी हुनुपर्छ । ल्याण्डिङमा समस्या भएन, टेकअपमा अहिले नै सराङकोटको कुनै अध्ययन भएको छैन, पुरानो अध्ययन संशोधन भएको पनि छैन । प्राधिकरणले कुनै धारणा वा निर्णय गरेको छैन ।
मुख्य कुरा उडान सुरक्षा हो । चाहे विमान होस्, चाहे प्याराग्लाइडिङ, दुवैमा यात्रु चढ्ने हो । उडान सुरक्षा प्राधिकरणको प्रथम कर्तव्य हो । यसका लागि वायु सेवा सञ्चालक संस्था, हवाई खेलकुद संस्था लगायत सबै सिरियस हुनुपर्छ । कडाइका साथ प्राधिकरणले बुँदागत रूपमा काम वा सर्त दिएको छ । अहिलेको निर्णय भनेको प्याराग्लाइडिङ जोगाउने, पोखराको पर्यटन उद्योग जोगाउने र पोखरा भ्रमण वर्षलाई टेवा गर्ने हो । यसमा कुनै यात्रुले उडान सुरक्षामा सम्झौता भोग्नुपर्दैन । तोकिए बमोजिमको सर्त पूरा भएन भने अहिलेको निर्णयलाई पुनः विचार गर्नुपर्छ । पोखराको उडान सुरक्षा पनि प्राथमिकता हो, उत्तिकै प्राथमिकता दशौँ गन्तव्य रहेको प्याराग्लाइडिङ व्यवसाय वा पर्यटन उद्योग पनि हो । पोखराको परिचय मर्न नदिन गरेको निर्णय हो । पोखराको भविष्य हेरेर नै यसमा हामीले प्राविधिक हिसाबले बफरजोन कम गरेका छौँं । यो मर्मलाई व्यवसायी, पाइलटले बुझेर उडान गतिविधि गर्नुपर्छ । यो निर्णय रिभ्यु गर्नुपर्ने अवस्था नआओस् ।
(नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयका सूचना अधिकारी तथा सहप्रवक्ता भुलसँग गरिएको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव फेला
-
सकियो हलिउड फिल्म ‘तेन्जिङ’को नेपाल छायाङ्कन
-
सप्तरीमा डकैतीपछि गोली फायरिङ र धारिलो हतियार प्रहार, एक जनाको मृत्यु, एक घाइते
-
बेपत्ता गोताखोरको बिहानैबाट खोजी सुरु
-
युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्बिरहरू)