आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
अपडेट

अध्ययन टोलीले भेट्टायो ५ हजार ३५० मिटरको उचाइमा तीन वटा हिमताल

सोमबार, १२ जेठ २०८२, ११ : ५७
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • हुम्लाको नाम्खा गाउँपालिका-६, तिलगाउँमा बाढीपहिरोको अध्ययन गर्न गएको टोलीले तीन वटा हिमताल फेला पारेको छ।
  • यसअघि स्थानीय युवाले दुई हिमताल भेटेको बताएकामा प्राविधिक टोलीले तीन वटा भएको पुष्टि गरेको छ।
  • बाढीपहिरोका कारण तिलगाउँका १८ घरका ३२ जना विस्थापित भएका छन् र उनीहरू विद्यालयमा आश्रय लिइरहेका छन्।

 सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका—६, तिलगाउँमा गएको बाढी पहिरोबारे अध्ययन गर्न गएको प्राविधिक टोलीले तीन वटा हिमताल पत्ता लगाएको छ । 

पछिल्लो पटक अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटर उचाइमा  तीन वटा हिमताल रहेको पत्ता लगाएको हो ।  यसअघि स्थानीय युवाहरूले दुई वटा हिमताल भेटिएको बताएकामा अध्ययन टोलीले तीन वटा भएको पुष्टि गरेको हो । 

साथै उक्त अध्ययन टोलीले हिमतालहरूको विषयमा अध्ययन गरिरहेको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए । 

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् । 

यही जेठ १ गते राती बाढी र सुख्खा पहिरोका कारण तल्लो तटीय क्षेत्र नाम्खा गाउँपालिका–६  तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । हिमताल फुटेकाले बाढी आएको आशंका गरिएको छ । 

बाढी र पहिरोले बस्ती जोखिममा परेपछि स्थानीयहरू गाउँभन्दा केही पर एक विद्यालयमा आश्रय लिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप