अध्ययन टोलीले भेट्टायो ५ हजार ३५० मिटरको उचाइमा तीन वटा हिमताल
सारांश
- हुम्लाको नाम्खा गाउँपालिका-६, तिलगाउँमा बाढीपहिरोको अध्ययन गर्न गएको टोलीले तीन वटा हिमताल फेला पारेको छ।
- यसअघि स्थानीय युवाले दुई हिमताल भेटेको बताएकामा प्राविधिक टोलीले तीन वटा भएको पुष्टि गरेको छ।
- बाढीपहिरोका कारण तिलगाउँका १८ घरका ३२ जना विस्थापित भएका छन् र उनीहरू विद्यालयमा आश्रय लिइरहेका छन्।
सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका—६, तिलगाउँमा गएको बाढी पहिरोबारे अध्ययन गर्न गएको प्राविधिक टोलीले तीन वटा हिमताल पत्ता लगाएको छ ।
पछिल्लो पटक अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटर उचाइमा तीन वटा हिमताल रहेको पत्ता लगाएको हो । यसअघि स्थानीय युवाहरूले दुई वटा हिमताल भेटिएको बताएकामा अध्ययन टोलीले तीन वटा भएको पुष्टि गरेको हो ।
साथै उक्त अध्ययन टोलीले हिमतालहरूको विषयमा अध्ययन गरिरहेको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए ।
अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् ।
यही जेठ १ गते राती बाढी र सुख्खा पहिरोका कारण तल्लो तटीय क्षेत्र नाम्खा गाउँपालिका–६ तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । हिमताल फुटेकाले बाढी आएको आशंका गरिएको छ ।
बाढी र पहिरोले बस्ती जोखिममा परेपछि स्थानीयहरू गाउँभन्दा केही पर एक विद्यालयमा आश्रय लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण