प्रधानमन्त्रीले भनेका सबै कुराको जिम्मेवारी कांग्रेसले लिँदैन : कांग्रेस
सारांश
- नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका सबै भनाइको जिम्मेवारी नलिने स्पष्ट पारेको छ।
- प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओली नेकपा (एमाले) को पनि अध्यक्ष भएकाले सबै कुराको जिम्मेवारी काँग्रेसले नलिने बताए।
- काँग्रेसले संविधानको प्रतिरक्षा गर्दै शान्तिपूर्ण विरोध र आफ्ना कुरा राख्न सकिने तर संविधानविपरीतका गतिविधि स्वीकार्य नहुने जनाएको छ।
काठमाडौँ ।सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी कांग्रेसले नलिने स्पष्ट पारेको छ ।
सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओली नेकपा (एमाले) को समेत अध्यक्ष रहेको बताउँदै उनले भनेका सबै कुराहरूको जिम्मेवारी लिने कुरा नभएको बताए ।
उनले भने, “प्रधानमन्त्री एमाले पार्टीको नेता पनि हुनुहुन्छ । सबै उहाँले भनेका कुराहरूको जिम्मेवारी हामीले लिने कुरा भएन । हामीलाई कब्जा सब्जामा ध्यान छैन । हामी समग्र संविधानको प्रतिरक्षाको पक्षमा छौँ । संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध गर्न पाइन्छ, आफ्ना कुराहरू राख्न पाइन्छ । तर, त्यो शान्तिपूर्ण तरिकाबाट राख्नुपर्दछ । संविधानको खिलाफ मै जान्छौँ भन्ने कुरा ठिक होइन भन्ने कुरामा हामी विश्वस्त छौँ ।”
उनले आफूहरू समग्र संविधानको प्रतिरक्षाको पक्षमा रहेको बताउनु भयो । प्रवक्ता महतले संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध तथा आफ्ना कुराहरू राख्न पाइने जिकिर गरे । उहाँले संविधानको विरुद्धमा जाने कुरा ठिक नभएको बताए । उनले राजावादीहरूले जेठ १५ मा गर्न लागेको आन्दोलनलक्षित गर्दै संविधानविरुद्धका गतिविधिहरू कांग्रेसलाई स्वीकार्य नहुने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा जेठ १५ गतेका लागि राजावादीहरूले आह्वान गरेको आन्दोलन निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले गणतन्त्र दिवसको दिन बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौँ एमालेको नियन्त्रण हुनुपर्ने जिकिर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण