शिवम् सिमेन्टद्वारा ‘नो कम्प्रोमाइज’को नयाँ संस्करण सार्वजनिक
काठमाडौँ । गुणस्तरको मामलामा कहिल्यै सम्झौता नगर्ने दृढ अडानका साथ नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाइसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘नो कम्प्रोमाइज’को दोस्रो संस्करण सार्वजनिक गरेको छ ।
‘नो कम्प्रोमाइज’ को बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सधैँ ठाडो हुन्छ’ भन्ने जनचेतना मूलक सन्देश सहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको बताइएको छ ।
शिवम् सिमेन्टले स्थापना कालदेखि नै ओ.पी.सी. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ । यस्तै गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको छ ।
हालै सार्वजनिक गरिएको क्याम्पेन टिजरले चलचित्रको ट्रेलरझैं सिनेम्याटिक प्रस्तुति दिँदै दर्शकहरूमाझ उत्सुकता र कौतुहलता सिर्जना गरेको थियो ।
त्यस पछि हाल सार्वजनिक गरेको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रोमाइज नगरेको स्थितिलाई चित्रण गर्दै, शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रोमाईज नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको छ ।
शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार, यस क्याम्पेन अन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरु धेरै भिडियो सामग्रीहरू समेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जाने छन् ।
यसअघि सञ्चालन गरिएको क्वालिटीको मामलामा ‘नो कम्प्रोमाइज’ क्याम्पेन लोकप्रिय भएको कम्पनीको भनाइ छ । शिवम् सिमेन्टले केवल उत्पादनको प्रचारमा मात्र केन्द्रित नभई, सामाजिक सन्देशहरू प्रस्तुत गर्ने शैली अपनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण