बाजुरामा बाघले मार्यो १७ वटा भेडा बाख्रा
सारांश
- बाजुराको गौमुल गाउँपालिकामा बाघको आक्रमणबाट १७ वटा भेडा र बाख्राको मृत्यु भएको छ। स्थानीय मदन बोहराको गोठमा पालिएका पशुधनमाथि आक्रमण भएको हो।
- आइतबार राति गोठको छानामा बाघले आक्रमण गरेको थियो, जसबाट २ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
- बाघको आक्रमणका कारण स्थानीयको भेडापालन व्यवसाय संकटमा परेको छ, र गाउँमा त्रास फैलिएको छ। प्रशासन र सरोकारवाला निकायको ध्यानाकर्षण आवश्यक छ।
धनगढी । बाजुराको गौमुल गाउँपालिका–३ दल्लेरीमा बाघको आक्रमणबाट १७ वटा भेडा र बाख्राको ज्यान गएको छ। स्थानीय मदन बोहराको गोठमा रहेका ५६ मध्ये ११ भेडा र ६ बाख्रा बाघले मारेको हो।
आइतबार राति गोठको छानामा बाँधेर राखिएका भेडा–बाख्रामाथि बाघले आक्रमण गरेको हो । बिहान खेतीपातीका लागि गएका स्थानीय भरत बोहराले मरेका, आधा खाएर छोडिएका र ५ वटा घाइते अवस्थामा रहेका पशु फेला पारेको जानकारी दिएका छन्।
किसान मदन बोहराका अनुसार उक्त घटनाबाट झन्डै २ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ। भेडा(बाख्रालाई प्रमुख आयस्रोतको रूपमा प्रयोग गर्दै आएका उनले अबको जीविकोपार्जनमा समस्या परेको बताएका छन्।
पछिल्ला दिनहरूमा बाघको लगातारको आक्रमणका कारण स्थानीयको भेडा पालन व्यवसाय सङ्कटमा परेको छ। यस प्रकारको जनावर आक्रमणले गाउँमा त्रास फैलिएको छ भने प्रशासन र सरोकारवाला निकायको ध्यानाकर्षण आवश्यक भएको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण