मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

युक्रेनमाथिको आक्रमणको आलोचनापछि यसो भन्छन् रुसी राष्ट्रपतिका प्रवक्ता

सोमबार, १२ जेठ २०८२, १७ : २४
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा रुसको बमबारीबारे पुटिनको आलोचना गरे।
  • पुटिनका प्रवक्ता पेस्कोभले ट्रम्पको प्रतिक्रियाको जवाफ दिँदै पुटिनले रूसको सुरक्षाका लागि आवश्यक निर्णय लिने बताए।
  • पेस्कोभले वार्ता प्रक्रिया सुरु हुनुलाई महत्त्वपूर्ण उपलब्धि माने र अमेरिकाको सहयोगको प्रशंसा गरे।

मस्को । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमा रुसले निरन्तर गरेको बमबारीलाई लिएर भ्लादिमिर पुटिनको आलोचना गरेका थिए । रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यसको जवाफ दिएका छन् । 

‘हामी हरेक प्रतिक्रियाको निगरानी गरिरहेका छौं, तर राष्ट्रपति पुटिनले रूसको सुरक्षाको लागि आवश्यक पर्ने निर्णयहरू मात्र लिन्छन्’ पेस्कोभले  भने ।

‘वार्ता प्रक्रिया सुरु हुनु ठूलो कुरा हो र अमेरिकाले यसका लागि धेरै प्रयास गरेको छ । हामी यो सहयोगको लागि अमेरिका र विशेष गरी राष्ट्रपति ट्रम्पप्रति आभारी छौं। यो एउटा महत्त्वपूर्ण उपलब्धि हो’ अगाडि उनले भनेका छन् । 

यो सबैको लागि धेरै भावनात्मक र तनावपूर्ण समय भएको अनि त्यसैले केही प्रतिक्रियाहरू भावनामा आधारित हुने पनि उनले बताए । युक्रेनमा रुसको निरन्तर बमबारीप्रति आक्रोश व्यक्त गर्दै ट्रम्पले पुटिनलाई पागल भनेका थिए । पुटिनलाई पागल बताउँदै ट्रुथमा ट्रम्पले एउटा पोष्ट लेखेका थिए । 

‘उनी बिना कारण धेरै मानिसहरूलाई मारिरहेका छन्, र म केवल सैनिकहरूको बारेमा कुरा गरिरहेको छैन । युक्रेनी शहरहरूमा बिना कारण मिसाइल र ड्रोनहरू प्रहार गरिँदैछ’ पोष्टमा लेखिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप