युक्रेनमाथिको आक्रमणको आलोचनापछि यसो भन्छन् रुसी राष्ट्रपतिका प्रवक्ता
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा रुसको बमबारीबारे पुटिनको आलोचना गरे।
- पुटिनका प्रवक्ता पेस्कोभले ट्रम्पको प्रतिक्रियाको जवाफ दिँदै पुटिनले रूसको सुरक्षाका लागि आवश्यक निर्णय लिने बताए।
- पेस्कोभले वार्ता प्रक्रिया सुरु हुनुलाई महत्त्वपूर्ण उपलब्धि माने र अमेरिकाको सहयोगको प्रशंसा गरे।
मस्को । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमा रुसले निरन्तर गरेको बमबारीलाई लिएर भ्लादिमिर पुटिनको आलोचना गरेका थिए । रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यसको जवाफ दिएका छन् ।
‘हामी हरेक प्रतिक्रियाको निगरानी गरिरहेका छौं, तर राष्ट्रपति पुटिनले रूसको सुरक्षाको लागि आवश्यक पर्ने निर्णयहरू मात्र लिन्छन्’ पेस्कोभले भने ।
‘वार्ता प्रक्रिया सुरु हुनु ठूलो कुरा हो र अमेरिकाले यसका लागि धेरै प्रयास गरेको छ । हामी यो सहयोगको लागि अमेरिका र विशेष गरी राष्ट्रपति ट्रम्पप्रति आभारी छौं। यो एउटा महत्त्वपूर्ण उपलब्धि हो’ अगाडि उनले भनेका छन् ।
यो सबैको लागि धेरै भावनात्मक र तनावपूर्ण समय भएको अनि त्यसैले केही प्रतिक्रियाहरू भावनामा आधारित हुने पनि उनले बताए । युक्रेनमा रुसको निरन्तर बमबारीप्रति आक्रोश व्यक्त गर्दै ट्रम्पले पुटिनलाई पागल भनेका थिए । पुटिनलाई पागल बताउँदै ट्रुथमा ट्रम्पले एउटा पोष्ट लेखेका थिए ।
‘उनी बिना कारण धेरै मानिसहरूलाई मारिरहेका छन्, र म केवल सैनिकहरूको बारेमा कुरा गरिरहेको छैन । युक्रेनी शहरहरूमा बिना कारण मिसाइल र ड्रोनहरू प्रहार गरिँदैछ’ पोष्टमा लेखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण