काठमाडौँमा दोलखा नेवार भाषामा नाटक ‘मिसामी’
काठमाडौँ । काठमाडौंको रङ्गमञ्चमा पहिलोपटक दोलखा नेवार भाषामा नाटक मञ्चन भएको छ । डा. श्याम जोशीद्वारा दोलखा नेवार भाषामा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको हो ।
न्यूयोर्क विश्वविद्यालय आबु धाबीमा सन्दर्भ सामाग्रीका रूपमा रहेको ५० वर्षअघि लिखित यस नाटककलाई न्युयोर्क विश्वविद्यालय आबुधाबीकै सहकार्यमा दोलखा भाषा संरक्षण अभियानअन्तगर्त दस्ताबेजीकरणका लागि नाटक मञ्चन भएको हो ।
नाटक हेर्न सो विश्वविद्यालय आबुधाबी शाखामा अध्ययनरत विभिन्न देशका विद्यार्थीहरू नेपाल आएका थिए । उनीहरूले नाटक निर्माणको प्रक्रियासमेत अध्ययन–अवलोकन गरेका थिए । करिब ३० वर्षअघि दोलखा नेवार भाषामा क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्राध्यापक डा. क्यारोल जेनेट्टीको नेतृत्वमा विद्यार्थीको समूह नेपाल आएको हो ।
नाटक ‘मिसामी’ अर्थात् ‘स्वास्नीमान्छे’ले तत्कालीन समयको प्रेमकथासँगै निःसन्तान महिलाले भोगेका पारिवारिक तथा सामाजिक उत्पीडनलाई प्रस्तुत गरेको छ ।
२०३० सालमा लेखिएको यो नाटक दोलखामा सोही वर्ष दशैंको खड्गजात्राको दिन मञ्चन भएको थियो । हाल न्युयोर्क विश्वविद्यालयका लागि न्युज नेपाल प्रालिले ‘मिसामी’लाई निर्माण गरेको हो भने डबली थिएटर र थिएटर मल नेपालले प्रस्तुत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण