ट्रेलरमा यस्तो देखियो सौगात र आशिफ अभिनित ‘जन्ते बाख्रो’
काठमाडौंँ । सिमोस सुनुवार निर्देशित फिल्म ‘जन्ते बाख्रो’को ट्रेलर सार्वजनिक भएको छ ।
निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको वरिपरि घुमेको छ ।
ट्रेलरमा सौगात र आशिफले विवाह गरेर ‘जन्तेबाख्रो’ (भोज) खुवाउन गरेको संघर्षसमेत देख्न सकिन्छ ।
फिल्ममा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारको अभिनय छ ।
मुइन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो ।
प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मका निर्माता सन्तोष गौतम हुन् ।
फिल्ममा हरि हुमागाईको डीओपी, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन छ । टिफल्क फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल राइट्स स्वंयम निर्माण कम्पनी मुइन इन्टरटेनमेन्टले नै राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण