मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

क्यानडा पठाउँछु भनेर ७ लाख ठगेको आरोपमा युवती पक्राउ

मङ्गलबार, १३ जेठ २०८२, १३ : १८
मङ्गलबार, १३ जेठ २०८२

काठमाडौँ । बेरोजगार मानिसहरूलाई क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको बराहपोखरी गाउँपालिका–५ घर भएर टोखा बस्ने ३४ वर्षीय सम्झना राई छिन् ।

उनलाई काठमाडौँ महानगरपालिका–१६ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले मंगलबार जानकारी दिए ।  आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप