बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबिच छलफल

मङ्गलबार, १३ जेठ २०८२, १५ : ३३
मङ्गलबार, १३ जेठ २०८२

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेल बिच भेटवार्ता भएको छ । 

मङ्गलबार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा उनीहरू बिच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताको बारेमा छलफल भएको हो । 

उपाध्यक्ष र गभर्नर बिच वित्त नीति र मौद्रिक नीति दुई नीतिहरू सँगसँगै  कार्यान्वयनमा लैजाने र नीति कार्यान्वयनमा एक अर्कामा सहजीकरण गर्ने बारेमा समेत छलफल भएको छ ।

उनीहरूले अर्थतन्त्रलाई कोभिड १९ पूर्वको अवस्थामा लैजाने र योजनाले लक्षित गरे अनुरूपको उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । 

छलफलमा  आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्रथामिकिकरण, आयोजना बैङ्कको प्रभावकारी कार्यान्वयन  तथा मध्यम कालिन खर्च संरचना लगायतका विषयमा राष्ट्रिय योजना आयोगबाट भए गरेका सुधारका कार्यको बारेमा जानकारी गए । 

राष्ट्र बैङ्कका गभर्नर डा.विश्वनाथ पौडेलले  पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षण गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैङ्कले त्यस सम्बन्धमा सहजीकरण गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप