योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबिच छलफल
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेल बिच भेटवार्ता भएको छ ।
मङ्गलबार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा उनीहरू बिच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताको बारेमा छलफल भएको हो ।
उपाध्यक्ष र गभर्नर बिच वित्त नीति र मौद्रिक नीति दुई नीतिहरू सँगसँगै कार्यान्वयनमा लैजाने र नीति कार्यान्वयनमा एक अर्कामा सहजीकरण गर्ने बारेमा समेत छलफल भएको छ ।
उनीहरूले अर्थतन्त्रलाई कोभिड १९ पूर्वको अवस्थामा लैजाने र योजनाले लक्षित गरे अनुरूपको उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।
छलफलमा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्रथामिकिकरण, आयोजना बैङ्कको प्रभावकारी कार्यान्वयन तथा मध्यम कालिन खर्च संरचना लगायतका विषयमा राष्ट्रिय योजना आयोगबाट भए गरेका सुधारका कार्यको बारेमा जानकारी गए ।
राष्ट्र बैङ्कका गभर्नर डा.विश्वनाथ पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षण गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैङ्कले त्यस सम्बन्धमा सहजीकरण गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण